Breaking News
 | 
  • कागतीले बजार नपाउँदा देवघाटका किसान निराश

    दमौली,(तनहुँ)/तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुभएको छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उहाँले बताउनुभयो । मल्लले भन्नुभयो, “बारीसम्म गाडी पुग्ने…

    Read More
  • झापाका एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी,वार्षिक एक करोड मुनाफा

    झापा/विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६…

    Read More
  • ‘मानव बेचबिखन नियन्त्रणमा साझेदारी अपरिहार्य’

    नारायणगढ(चितवन),/नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताउनुभएको छ । मानव बेचबिखन तथा यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनले आज भरतपुरमा ‘अन्तरराष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस’को सन्दर्भमा एक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उहाँले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्यूरो, विभिन्न प्रकारका भिसा ९भिजिट,…

    Read More
  • चेक अनादार बन्यो हतियार : मिटरब्याजीको पासोमा अझै सर्बसाधारण !

    चितवन/देशमा मिटरब्याजी बिरुद्धको कानुनको निर्माण भैसकेको छ । यधपी अझै कुनै न कुनै रुपमा समाजमा मिटरब्याजीहरुकै जर्बजस्त बोलवाला रहेको छ । प्रशासन, प्रहरी, राजनितीक दल र सामाजिक, ब्यबसायिक तथा बित्तिय सँस्था तथा न्यायलयसम्ममा उनीहरुको जर्बजस्त पकड रहेको कारण उनीहरुको धन्धा निर्वाद चल्नुका साथै पिडीतहरुको आवाज गुमसुम बन्ने गरेको हो । जिल्लामा एकसय एक नामुद मिटरब्याजीहरु रहेपनि उनीहरुलाई अहिलेसम्म…

    Read More
  • प्रचारप्रसारको अभावले ओझेलमा सुनपोखरी

    फुङ्लिङ,(ताप्लेजुङ)/जिल्लाको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको सुनपोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट चार हजार ५०० मिटर उचाइमा अवस्थित सुनपोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसारको अभावले प्रवर्द्धन हुन नसकेको हो । “प्रकृतिबिना मानव जीवनको कल्पना गर्न सकिँदैन । प्रकृतिले हामीलाई अँगालो हालेर बाँचेको अनुभूति दिन्छ । यही प्रकृतिमा यस्ता अनौँठा र रहस्यमय…

    Read More
  • प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति ९एलडिसी ग्रयाजुुएसन०का बारेमा सम्बोधन गर्नुहुने भएको छ । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री…

    Read More
  • आजको मौसमः गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको…

    Read More
  • भोटेकोसीमा फेरि बाढी, सतर्क रहन आग्रह

    त्रिशूली,(नुवाकोट)/आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा फेरि ठूलो बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि…

    Read More
  • आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ ।सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज (बुधबार) दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम…

    Read More
  • गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर…

    Read More