Breaking News
 | 
  • आज गाईजात्रा पर्व मनाइँदै

    काठमाडौँ/प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ…

    Read More
  • सानो गोसाइँकुण्ड भनिने रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड

    भक्तपुर/सानो गोसाइँकुण्डका रूपमा परिचित भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन रत्नचडेश्वर महोदव पोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ…

    Read More
  • वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ

    वीरगञ्ज,(पर्सा)/पर्साका सखुवाप्रसौनी गाउँपालिका-२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो । तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उहाँले सबै खेतमा धान रोपिसक्नुभयो । “अकाशेपानी पर्नु अघि नै साढे नौ विघामा जेनतेन रोपाइँ गरिसकेका थियौँ, तर, डेढ विघामा लगाएको चैते…

    Read More
  • सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन: महामन्त्री शर्मा

    काठमाडौं/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् । सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ । महामन्त्री शर्माले नागरिकमाथि शंका गर्दै आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गरे । उनले…

    Read More
  • अपराध/दुर्घटना

    इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा सवारी ठोक्किँदा दुईको मृत्यु

    धरान,(सुनसरी)/सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर…

    Read More
  • सरकारी घिन्ताङघिसीसँगै भक्तपुरको गाईजात्रा सुरु

    भादगाउँ,(भक्तपुर)/गाईजात्रा सुरु भएको सङ्केतस्वरुप भक्तपुरमा आज सरकारी घिन्ताङघिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट सो नाच धुमधामले मनाइन्छ । भक्तपुरमा भने जनैपूर्णिमाको दिउँसो सरकारी घिन्ताङघिसी नाच प्रदर्शनसँगै गाईजात्रा सुरु भएको मानिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा सुरु भएको जनाउ…

    Read More
  • सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

    बाजुरा/बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् । मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका उहाँलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभएको छ…

    Read More
  • एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छः सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ/सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता (एआई)को अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । ३१औँ विश्वआदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले यहाँ आज आयोजना गरेको ‘आदिवासी जनजाति र कृत्रिम बौद्धिकताः अधिकारको रक्षा र भविष्यको निर्माण’ विषयमा गोष्ठीको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जसले आज एआईको प्रयोगबाट विकास गरेको छ, त्यसले लाभ लिएको…

    Read More
  • विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई रु साढे चार अर्ब फाइदा भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताउनुभएको छ । “हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले…

    Read More
  • मौसम पूर्णनुमान

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी…

    Read More