Breaking News
 | 
  • अपराध/दुर्घटना

    खैरो हेरोइनसहित हेटौंडा रातोमाटेबाट २ जना पक्राउ

    चितवन/प्रहरीले लागुऔषध खैरो हेरोइनसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा छन् । उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती…

    Read More
  • अपराध/दुर्घटना

    आगलागीमा परेर चितवनमा दुई वालवालिकाको मृत्यु

    चितवन/चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर १ मैनाटार स्थित जीत बहादुर रुम्बाको घरमा आगलागी हुँदा उहाँको छोरातर्फको नाति ३ वर्षीय सुरज रुम्बा र उनकै छोरितर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट…

    Read More
  • मुख्य पृष्ठ

    देशभर चिसोसँगै प्रदूषण बढ्योः स्वास्थ्य सावधानी अपनाउन आग्रह

    काठमाण्डौं/देशभर मौसम धुम्मिएकाले चिसोसँगै प्रदूषण बढेको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ । आज बिहान काठमाण्डौ उपत्यकाको…

    Read More
  • अपराध/दुर्घटना

    उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा अस्पतालबाटै हामफालेर आत्महत्या प्रयास

    विराटनगर/उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाटै हामफालेर आत्महत्याको प्रयास गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले आज बिहान ६ बजे अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् ।आत्महत्याका प्रयास गरेका मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    लागुऔषध ब्राउनसुगरसहित ७ जना पक्राउ

    झापा/लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८…

    Read More
  • चितवन सेरोफेरो

    शुक्रबारबाट सुरु हुने भनिएको कांग्रेसको चितवन जिल्ला अधिवेशन स्थगित

    चितवन/आज शुक्रबारबाट सुरु हुने भनिएको नेपाली कांग्रेसको चितवन जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेस अधिवेशन गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले बिहीबार जारी गरेको सूचनाअनुसार अर्को मिति नतोक्दासम्म निर्वाचन कार्यक्रम स्थगित भएको छ । सुरुमा ९ गते उम्मेदवारी मनोनयन र १० गते मतदान तोकिएको थियो । सो मिति पछि एक दिन पर सारिएको…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशनः आकांक्षीहरूले उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै लबिङ

    चितवन/दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन्।…

    Read More
  • चितवन सेरोफेरो

    एमालेको १०औं महाधिवेशन नारायणी नदी किनारमा आजबाट सुरु

    चितवन/नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी किनारमा सुरु हुँदैछ । महाधिवेशनका लागि सबै तयारी पूरा भैसकेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताकार्यकर्ता बिहीबार चितवन आइसकेका छन । तुल, ब्यानर, झन्डाले चितवन झकिझकाउ बनेको छ। नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको…

    Read More
  • अपराध/दुर्घटना

    धादिङको गजुरीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    गजुरी/धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा आज बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १…

    Read More