Breaking News
 | 
  • अपराध/दुर्घटना

    चट्याङ लागेर मकवानपुरमा एकजना मृत्यु, एक घाइते

    मकवानपुर/चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मृत्यु भएको छ । गए राति वर्षासँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकार िदिनुभयो । त्यस्तै चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी…

    Read More
  • मुख्य पृष्ठ

    पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्ने

    काठमाण्डौं/सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रुप दिन मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरु सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे पुनः जुट्ने गरी बैठक सकिएको थियो ।बैठकमा सहभागी नेताहरुले बैठक निष्कर्ष…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौँ /आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । दोस्रो चरणको राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो । २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र…

    Read More
  • मुख्य पृष्ठ

    प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    काठमाण्डौं/हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ। आज देशको…

    Read More
  • अपराध/दुर्घटना

    पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि फेरे बयान

    तनहुँ/अभिनेता पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । उनले मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् । ‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा थपिए ८४ हजार बढी मतदाता

    चितवन/चितवनमा ८४ हजार बढी नयाँ मतदाता थपिएका छन् । यसपटक कुल ३ लाख ९७ हजार ६८५ जना मतदाता रहेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा ३ लाख १३ हजार ३ जना मात्रै मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसरी पाँच वर्षको अवधिमा ८४ हजार ६८२ नयाँ मतदाता थपिएका छन् । ती मध्ये ४२…

    Read More
  • मुख्य पृष्ठ

    बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    काठमाण्डौं/आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ुएु तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह निर्वाचनको तयारी तिब्र

    काठमाण्डौं/निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइएको जनाएको छ । आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरू केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिएको छ । आजको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता उलङ्घन गर्ने राजनीतिक दल र नेताहरूसँग जवाफ माग गरिएको पनि जनाएको छ । आयोगले विभिन्न राजनीतिक…

    Read More
  • चितवन सेरोफेरो

    कागतीको मूल्य अत्याधिक वृद्धि

    चितवन/कागतीको उत्पादन घट्न जादा मूल्य अत्याधिक बढेको छ । चितवनमा गोटामा कागतीको मूल्य १५ देखि २५ रुपैयाँ पुगेको हो । भरतपुर तरकारी तथा फलफूल माण्डीका व्यापारी रामप्रसाद पोखरेलले कागतीको मूल्य अहिलेसम्मकै उच्च रहेको बताए । भारतीय कागतीले बजार धान्नुपर्दा मूल्य बृद्धि भएको पोखरेलले बताए । उनले भने, ‘अहिले नेपालमा उत्पादन नभएको कारणले भारतबाट कागती आयात…

    Read More
  • मुख्य पृष्ठ

    थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ९१ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ३४ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० जनामा…

    Read More