Breaking News
 | 
  • अपराध/दुर्घटना

    दाइजोको निहुँमा महिलालाई कुटपिट

    सप्तरी/सप्तरीको रुपनी गाउँपालिका–६ कि लक्ष्मिनियाँ कुमारी भगत परिवारकै सदस्यबाट कुटिएकी छिन् । ससुरा शिवदयाल भगत र श्रीमान सञ्जिवकुमार भगतसहित परिवारका सदस्यले उनलाई कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन्। कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मिनियाँको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । कुटपिटबाट घाँटी, ढाड, पाखुरा, टाउकोलगायतमका अंगमा चोट पटक लागेको पीडितको भनाइ छ । आइतबार…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि मतपत्र ढुवानी

    काठमाण्डौ/आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी सुरु गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगकाअनुसार दुर्गमका जिल्लाका लागि सुरुमा मतपत्र छापिएको थियो । त्यसपछि अहिले क्रमशः सुगमका जिल्लाका लागि मतपत्र छपाइ भइरहेको छ । आउँदो ३० गते हुने चुनावका लागि आवश्यक पर्ने मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जनाएको छ । हिजोसम्ममा…

    Read More
  • मुख्य पृष्ठ

    मंगलवार थोरै स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौ/आज देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहनेछ र देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह निर्वाचनका लागि १ लाख ४१२३ जनाले गराए मनोनयन दर्ता

    काठमाण्डौं/आगामी ३० गते हुने स्थानीय तह निर्वाचनमा ७५३ वटा स्थानयि तहबाट ३५ हजार २२१ जनप्रतिनिधी निर्वाचित हुनुपर्ने छ । तर, झण्डै तेब्बर बढी १ लाख ४ हजार १२३ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा २४ हजार १४३ जनाले मनोनयन दर्ता…

    Read More
  • मुख्य पृष्ठ

    ७७ जिल्लाबाट ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गराए

    काठमाण्डौं/निर्वाचन आयोगको निर्धारित समय सम्म उम्मेदवारी दर्ता गराउनेको सूची सार्वजनिक गरेको छ । आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवारको ५ बजेसम्मको सूची सार्वजनिक गरेको हो । आयोगले निर्धारण गरेको ५ बजेसम्मको समयमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ताको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १६२३ जनाले उम्मेदवारी…

    Read More
  • मुख्य पृष्ठ

    एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकियो, मङ्गलवारदेखि ढुवानी

    काठमाण्डौं/आसन्न स्थानीय तहको निर्वाचनको लागि ८० प्रतिशत एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको छ । भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ । आयोगमा आज सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिनुभयो । चुनावका लागि आयोगले जगेडासहित एक…

    Read More
  • चितवन सेरोफेरो

    जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गर्छौंः रेनु दाहाल

    चितवन/भरतपुरको मेयरमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनु भएकी माओवादी केन्द्रकी नेतृ रेनु दाहालले जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गरिने बताउनु भएको छ । सोमबार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ‘हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि पराजित गर्छौं ।’ आम जननताको साथ र विश्वास मेरो जित्ने आधार उहाँले भन्नुभयो । कांग्रेसको बागी…

    Read More
  • चितवन सेरोफेरो

    गठबन्धनबाट मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागबन्डाका क्रममा भरतपुरको मेयर माओवादीले लिने सहमति गरेका थिए । आज सोमवार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीका अध्यक्ष ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्दै

    काठमाण्डौं/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न सोमबार पत्रकार सम्मेलन गर्दै छन् । उनले पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रले जनाएको छ । प्रचण्डले…

    Read More
  • मुख्य पृष्ठ

    आज मनोनयन दर्ताको अन्तिम दिन,ठूला दलले उम्मेदवारी दर्ता गर्दै

    काठमाण्डौ/आज सोमबार स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र…

    Read More