Breaking News
 | 
  • अपराध/दुर्घटना

    मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुईको ज्यान गयो, १८ जना घाइते

    हेटौडा/मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर जनकपुरबाट काठमाण्डौँ आइरहेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडा गइरहेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा ठोक्किँदा घाइते भएका दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौं/सर्वोच्च नेता गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा लिने गरिन्छ । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका उहाँको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा…

    Read More
  • मुख्य पृष्ठ

    छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

    काठमाण्डौं/छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् । आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् । आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार ९ सय १८ पिसिआर परिक्षणका क्रममा ४ सय ४३ जना र १ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या…

    Read More
  • मुख्य पृष्ठ

    मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले ५ लाख ५० हजार राहत उपलब्ध गराउने

    बुटवल/मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुटवलको मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । २४ असोजमा एक समूहले…

    Read More
  • चितवन सेरोफेरो

    ‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ र २८ गते सौराहामा हुने

    चितवन/‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ र २८ गते चितवनको सौराहामा हुने भएको छ । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको हो। उत्सवका लागि भारत र नेपालबाट गरी करिब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहनेछ। कार्यक्रमका लागि भारतका मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक,…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय जनगणना अन्तर्गत भोलि देखि मूल गणना हुने

    काठमाण्डौं/राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारदेखि मूल गणना हुने भएको छ । मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको…

    Read More
  • मुख्य पृष्ठ

    आज छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै

    काठमाण्डौं/आज छठ पर्वको दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् । सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा,…

    Read More
  • अपराध/दुर्घटना

    तनहुँमा कौडा खेलिरहेका २९ जना ९ लाख नगदसहित पक्राउ

    तनहुँ /तनहुँको ढोरफिर्दीमा कौडा खेलिरहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ ढोरफिर्दी लालीमका बिलबहादुर गुरुङको घरमा जुवा खेलिरहेका २९ जनालाई मंगलबार राति १० बजे प्रहरीले पक्राउ गरेको हो । ठुलो धनराशीमा कौडा खेल भरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।…

    Read More
  • मुख्य पृष्ठ

    आज काग र कुकुर तिहार

    काठमाण्डौं/आज तिहारको दोस्रो दिन काग र कुकुरको पूजा गरी मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ…

    Read More