सातामा दुई दिन सार्वजनिक विदा आजबाट खारेज

काठमाण्डौं/सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । साताको दुई दिन दिइएको विदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्रालयले जनाएको छ ।
सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

एक महिनाको परीक्षण पश्चात दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।