Breaking News
 | 
  • पत्रपत्रिका/अन्य

    असारे भेलमा बग्दै विकास खर्च

    काठमाडौं/मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा हतार हतारमा विकास कार्य भएको देखाउँदै एकै दिन १२ अर्बभन्दा बढी रकम खर्च गरिएको हो । बजेट निकासा भएर खर्च भएको देखाइए पनि फिल्डमा वास्तविक रूपमा काम भए नभएको…

    Read More
  • मुख्य पृष्ठ

    धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशभर मनसुनी वायुको प्रभावको कारण आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    Read More
  • मुख्य पृष्ठ

    माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाण्डौं/आज (आइतबार) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डुलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन्। आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता,…

    Read More
  • चितवन सेरोफेरो

    सौराहामा गरिएको हात्ती वनभोज विवादमा

    चितवन/सौराहामा असार १६ गते गरिएको हात्ती वनभोजको विषय विवादमा परेको छ । मन्त्रालयको बजेट फ्रिज हुने देखिएपछि हतारमा मन्त्रालयका सचिवको ठाडो आदेशमा कुनै प्रचारप्रसार नगरी सुटुक्क वनभोज गरिएकोले सो कार्यक्रम विवादमा परेको हो । वनभोज अगाडि निकै प्रचारप्रसार गरिने गरेको भए पनि यसपटक भने वनभोज विवादमा परेपछि मात्र पत्रकारसम्मेलन गरिएको छ । पर्यटन प्रर्बद्धन तथा…

    Read More
  • मुख्य पृष्ठ

    थप ४४ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ/देशभर थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४६७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३३ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएका हो । त्यस्तै थप १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३१४ पुगेको छ ।

    Read More
  • अपराध/दुर्घटना

    पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

    पाँचथर/पहिरोले घर बगाउँदा पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनमा तीन जना बेपत्ता भएका छन् । स्थानिय रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । बेपत्ताको खोजी भइरहेको छ । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा…

    Read More
  • मुख्य पृष्ठ

    बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै

    हेटौडा/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो । माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् ।…

    Read More
  • मुख्य पृष्ठ

    मनसुनी वायुको प्रभावको कारण देशभर आंशिकदेखि सामान्य बदली

    काठमाण्डौ/मनसुनी वायुको प्रभावले गर्दा देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहीको छ । प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    Read More
  • अपराध/दुर्घटना

    बालिका बलात्कारको झुटा विवरण लेखाउने तामाङलाई अदालतले पठायो जेल

    चितवन/बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण लेखाएको भनी पीडितकी आमालाई कैद सजायको फैसला गरेको छ। तनहुँको देवघाट ३ की ७ वर्षीया बालिकालाई ५८ वर्षका पुरुषले बलात्कार गरेको भनी उनकी आमा शान्ति तामाङले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता गराएकी थिइन्। सोही अनुसार अनुसन्धान गरि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला…

    Read More
  • अपराध/दुर्घटना

    निहुरो टिप्न गएका एक जनाको गोली लागेर मृत्यु

    बर्दिया /भारतीय जङ्गलमा निहुरो टिप्न गएका बेला गोली लाग्दा एक जना नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जङ्गलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार हुँदा मृत्यु भएको हो । हिजो बिहीवार गोली लागेपछि भाग्दै घर नजिक आइपुगेका घाइते गोडिया केहीबेरपछि बेहोस हुनुभएको…

    Read More