Breaking News
 | 
  • मुख्य पृष्ठ

    नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु

    चितवन/नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि अहिले सडक दुइतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टका अनुसार दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको हो । गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले…

    Read More
  • मुख्य पृष्ठ

    जनार्दन शर्मालाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी

    काठमाण्डौं/अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका…

    Read More
  • मुख्य पृष्ठ

    थप ६२० जनामा कारोना सङ्क्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा थप ६२० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट १२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६७…

    Read More
  • मुख्य पृष्ठ

    धादिङको रुबीभ्याली गाउँपालिकामा बेथितिको चाङ

    धादिङ/शंकर श्रेष्ठ/धादिङको रुबीभ्याली गाउँपालिकामा बेथितिको चाङ लागेको छ। महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८) अनुसार रुबीभ्यालीमा प्रशासनिक कामकारबाहीमा बेथिति र अनियमितताको चाङ देखिएको हो। प्रतिवेदनअनुसार गाउँपालिका कार्यालयले किनेका भौतिक सामग्री कार्यालयमा भेटिँदैनन्, सामाजिक सुरक्षा भत्ता वितरणमा पनि चरम लापरबाही भएको छ। सार्वजनिक सेवा प्रदायकहरू तथा सरकारी कार्यालय विधिविधान र नियमसम्मत चलेको देखिन्न। कर्मचारीको…

    Read More
  • अपराध/दुर्घटना

    पोखरीमा डुबेर नवलपरासीमा दुई बालबालिकाको मृत्यु

    नवलपुर । पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । शनिबार नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठले जानकारी दिनुभयो । कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता…

    Read More
  • पत्रपत्रिका/अन्य

    कक्षा ११ मा भर्ना हुन न्यूनतम १.६ जीपीए अनिवार्य

    काठमाण्डौं/माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ।…

    Read More
  • मुख्य पृष्ठ

    आज धेरै स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको…

    Read More
  • मुख्य पृष्ठ

    कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु

    काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको…

    Read More
  • मुख्य पृष्ठ

    प्रचण्डको पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा

    काठमाण्डौ/आज (शनिवार) नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो । उहाँले आफ्नो लागि आगामी चुनावबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल रोवीले पाए अन्तर्राष्ट्रिय अवार्ड

    चितवन/चितवनको लिटिल फ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । शिक्षा क्षेत्रमा गरेको योगदानको कारण शुक्रबार अमेरीकाको वासिन्टन डिसीमा आयोजित एक भव्य समारोहमा संयुक्त राज्य अमेरिका-भारत एसएमई काउन्सिलले उक्त अवार्ड प्रदान गरेको हो । वाशिंगटन, डीसीमा, माननीय थोमस ई. डर्नोगा, यूएस काउन्सिल प्रतिनिधि, र यूएस इन्डिया एसएमईका लागि मुख्य कार्यकारी अधिकारी श्री एलिशा…

    Read More