थप ६२० जनामा कारोना सङ्क्रमण पुष्टि

काठमाण्डौं/नेपालमा थप ६२० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट १२४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।