Breaking News
 | 
  • अपराध/दुर्घटना

    मोटरसाइकल र साइकल ठक्कर खाँदा दुुई जनाको मृत्यु

    दाङ/मोटरसाइकल र साइकल ठक्कर खाँदा दाङमा दुुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुुकुन्द प्रसाद रिजालका अनुसार सौडियारबाट घोराही तर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पौने नौ बजेतिर घोराही ७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा…

    Read More
  • पत्रपत्रिका/अन्य

    वसन्तपुरको नौतले दरबार मङ्सिरमा सर्वसाधारणका लागि खोल्ने तयारी

    काठमाण्डौं/चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार आगामी मङ्सिरमा सर्वसाधारणका लागि खोल्ने तयारी भइरहेको छ। हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले आगामीमङ्सिरसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न भई सर्वसाधारणको लागि खुला हुनेछ। नौ तले दरबारको अधिकांश काम सकिएसँगै स्काफोल्डिङ निकालिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षक नौतले दरबार…

    Read More
  • पत्रपत्रिका/अन्य

    नागरिकता विधेयकमा ओलीको दोहोरो चरित्र

    काठमाण्डौं/सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द शर्मासँग विधेयकलाई स्वीकार गर्न नसकिने बताएका हुन् । संसद्मा पेस गर्न लागिएको नागरिकतासम्बन्धी विधेयकबारे छलफल गर्न मन्त्रीद्वय असार ३ गते ओली निवास बालकोट पुगेका…

    Read More
  • अपराध/दुर्घटना

    विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने छात्रवास सञ्चालक पुर्पक्षका लागि जेल

    काठमाण्डौं/काठमाण्डौ बौद्धको सर्वनाम शिक्षालयका छात्रवास सञ्चालक रामजी बस्नेतलाई जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि जेल पठाएको हो । बस्नेतले स्कुलको छात्रावासमा बस्ने ११, १२ र १४ वर्षका बालिकालाई ५ ६ महिना अघिदेखि विभिन्न मिति र समयमा छाती तथा संवेदनशील अङ्गमा छुने, अङ्गालो मार्ने शरीरका अन्य भागमा मुसार्ने, सुम्सुमाउने जस्ता काम गरी बाल यौन दुर्व्यवहार गरेकाले भन्दै…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको माडी नगरपालिका युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रममा छनौट

    भरतपुर/चितवनको माडी नगरपालिका युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रममा छनौटमा परेको छ । सात प्रदेशका सात स्थानीय तह छनौट हुने क्रममा विभिन्न मापदण्डहरु पूरा गर्दै बागमती प्रदेशबाट चितवनको माडी नगरपालिका छनौट भएको हो । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एकएक स्थानीय तहको छनौट गरी सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा प्रमुख सरोकारवालाहरुको…

    Read More
  • मुख्य पृष्ठ

    स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइलाई तयारी अवस्थामा रहन निर्देशन

    काठमाण्डौं/स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइलाई तयारी अवस्था रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार सूचना जारी गरी मनसुनजन्य प्राकृतिक विपद्हरुसँग हैजाजन्य रोगलगायत संक्रमण फैलन सक्ने भएकाले इकाइलाई तयारी अवस्था रहन निर्देशन दिएको हो । मन्त्रालयले खानेपानी प्रदूषण भई सरसफाईमा चुनौती थपिनुका साथै जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आफनो ठाउँबाट…

    Read More
  • मुख्य पृष्ठ

    आगामी चौबीस घण्टा देशभर सामान्यदेखि पूर्ण बदली, आज वागमतीसहित ५ प्रदेशमा भारी वर्षा

    काठमाण्डौं/आगामी चौबीस घण्टा देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागको अनुसार आज प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ । राति पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना…

    Read More
  • मुख्य पृष्ठ

    कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न काङ्ग्रेसमा देउवालाई दबाब।

    माओवादी र एकीकृत समाजवादीका एउटा खेमा भित्रभित्रै वामपन्थी दलहरुबीच गठबन्धन गराउने कसरतले पनि देउवा दवावमा परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थपिए ४४ जना कोरोना सङ्क्रमित

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ९८ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १७ जना निको भएसँगै अब नेपालमा दुई सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    गैँडाको खाग ओसारपसारमा संलग्न एक जना पक्राउ

    चितवन/गैँडाको शिकार गरी खागको खरिदबिक्री तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन । चितवनको कालिका नगरपालिका वडा नं। ११ साबिक सिद्दी गा.वि.स. वडा नं. ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं. ११, मुलपानी बस्ने ५२ वर्षीय सागर प्रजा भनेर चिनिने विन्दर सिंह प्रजालाई प्रहरीले मकवानपुरको हेटौँडाबाट पक्राउ गरेको हो…

    Read More