टिकौलीमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन/चितवनको भरतपुर महानगरपालिका ९ टिकौली जंगलमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज साँझ ६ः४५ बजेको समयमा बिरगन्जबाट नारायणगढतर्फ आइरहेको ना ७ ख ३७२३ नम्वरको तेल बोक्ने ट्याङकरले भरतपुरबाट टाँडीतर्फ गइरहेको बा ८३ प ५५३ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक भरतपुर ९ गोन्द्राङका ६१ बर्षिय प्राण जबरा गम्भिर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा साँझ ७ बजेर ८ मिनेटमा मृत्यु भएको हो ।

शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले ट्याङकर र ट्याङकरका चालकलाई नियन्त्रणमा लिएको छ ।