Breaking News
 | 
  • अपराध/दुर्घटना

    अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    अरिङ्गालको टोकाइबाट अर्घाखाँचीको शितगंगामा एक महिलाको मृत्यु भएको छ । गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गलाले टोकेर गम्भीर घाइते भएकी सारुको उपचारका क्रममा बिहीवार देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

    Read More
  • पत्रपत्रिका/अन्य

    ठगी गर्ने मेनपारको कारबाही रोक्न पार्टीका उच्च नेताको दबाब

    काठमाण्डौं/ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन्। हाले विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ ।…

    Read More
  • पत्रपत्रिका/अन्य

    मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल

    निर्वाचन/आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको हो तर कार्यक्रम भने पुरानै ढाँचामा तयार गरिएको छ । स्थानीय निर्वाचनमा २.४० प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत मत आंशिक बदर भएको…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम सामान्यतया सफा

    काठमाण्डौं/हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका…

    Read More
  • मुख्य पृष्ठ

    बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

    काठमाण्डौं/बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज…

    Read More
  • अपराध/दुर्घटना

    बझाङमा जीप दुर्घटना, चार जनाको मृत्यु

    धनगढी/बझाङको मष्टा गाउँपालिका–४ चिउरीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो। बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले भने ‘चार जनाको शव निकालेका छौँ । घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण…

    Read More
  • अपराध/दुर्घटना

    सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

    काठमाण्डौं/रासस/बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा…

    Read More
  • चितवन सेरोफेरो

    समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्न चुनावमा भाग लिएः डा.भोजराज

    भरतपुर/चितवन–३ बाट प्रतिनिधिसभा सदस्य का उमेदवार वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीले समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्ने योजना लिएर चुनावमा भाग लिन आएको बताउनुभएको छ । स्वास्थ्य र शिक्षामा समाजवादी मोडल स्थापित गर्न सबै जनतासँग समान पहुँच पुग्ने गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । वरिष्ठ चिकित्सक डा. अधिकारीले जनताको समस्या सम्बोधन गर्ने…

    Read More
  • मुख्य पृष्ठ

    जलवायु परिवर्तनको कारण एक अर्ब बालबालिका उच्च जोखिममा

    एजेन्सी/जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका ‘अत्यन्त उच्च जोखिममा’ रहेको एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ । युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ । किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ । संयुक्त राष्ट्र संघीय…

    Read More
  • चितवन सेरोफेरो

    काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट पार्‍यो

    चितवन/रासस/काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो वर्ष के खाने भन्ने चिन्ता थपिएको गुनासो गरिन् । उनले…

    Read More