Breaking News
 | 
  • चितवन सेरोफेरो

    चितवनमा मतगणना सुरु हुनै बाँकी

    चितवन/विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो । मतपेटिकाहरू मतगणनास्थलमा आइतबार…

    Read More
  • अपराध/दुर्घटना

    मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना

    बैतडी/मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । बैतडीको पाटन नगरपालिका थुम भन्ने स्थानमा आज बिहान जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    Read More
  • मुख्य पृष्ठ

    बाजुरामा विद्यार्थी नेताको कुटपिटबाट मृत्यु

    बाजुरा/आइतबार राति १ जना विद्यार्थी नेताको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका ८ का चेतन एडीलाई कुटपिट गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका ऐडीको उपचारका…

    Read More
  • मुख्य पृष्ठ

    झापामा मतगणना सुरु

    झापा/रासस/आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ । आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए । झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच/छ स्थानबाट गणना सुरु…

    Read More
  • मुख्य पृष्ठ

    देशैभर मतदान सुरु

    काठमाडौं/प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, प्रदेश सभाका…

    Read More
  • मुख्य पृष्ठ

    मतदाता नामावलीमा नाम भएका मतदाताले यी कागजपत्र देखाएर मतदान गर्न पाइने

    काठमाण्डौं/निर्वाचन आयोगले आज हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने जनाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो । यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम सामान्यतः सफा रहने

    काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। अन्यत्र मौसम सामान्यतः सफा…

    Read More
  • मुख्य पृष्ठ

    आज प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

    काठमाण्डौं/नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता,…

    Read More
  • चितवन सेरोफेरो

    चितवन क्षेत्र नं.२ अन्तरगत पर्ने कृष्णपुर मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध

    चितवन/चितवन क्षेत्र नं.२ अन्तरगत पर्ने भरतपुर–७ को कृष्णपुर मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । त्यस मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेधसर्वदलीय निर्णयपछि यसको विरोध समेत सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै पनि मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गर्न नपाइने भनेको छ । आज साँझ एक सूचना जारी गर्दै कार्यालयले पत्रकारलाई प्रवेश निषेध गर्नु अवैधानिक…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

    काठमाण्डौं/आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा…

    Read More