चितवनमा मतगणना सुरु हुनै बाँकी

चितवन/विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो । मतपेटिकाहरू मतगणनास्थलमा आइतबार राति नै आएका छन् । चितवन ९१० को खैरहनी, चितवन ९२० को भरतपुर र चितवन ९३० को रामपुरमा मतगणना हुने छ ।
चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ ।