Breaking News
 | 
  • अपराध/दुर्घटना

    बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु

    बुटवल/बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख…

    Read More
  • खेलकुद

    हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुँदैं

    पोखरा/पोखरा महानगरपालिका–६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र…

    Read More
  • मुख्य पृष्ठ

    कुलमानको तीन वर्षे उपलब्धि: प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड

    काठमाडौं/नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रवार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । उनले पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर कागजी रुपमा नाफा…

    Read More
  • मुख्य पृष्ठ

    प्रधान सेनापतिको कार्यभार बलाधिकृत रथी सिग्देललाई

    काठमाडौं/प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज जंगी अड्डामा आयोजित एक समारोहकाबिच सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को १४ गतेको निर्णय बमोजिम राष्ट्रपतिबाट २०८१ श्रावण २५ गतेको मितिबाट कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी प्राप्त गर्नु भएका बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गर्नु भएको छ । गौरवमय…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौं/मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्न आग्रह गर्दै २०८१ साउन २४ गते दिउँसो प्रदर्शन भएको हो । पछिल्लो चरणमा संभावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जस्का कारण कतिपय राष्ट्रले लेवनान…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि पाँच प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना !

    काठमाडौं/मनसुन सक्रिय भईरहदा देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेशमा अहिले साधारणदेखि पूर्णतया बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली…

    Read More
  • मुख्य समाचार

    स्किल सेवा अब इटहरीमा, नयाँ घर बनाउदा किचेन फ्री

    इटहरी/सुप्रसीद्ध घर निर्माण ब्राण्ड कम्पनी स्किल सेवाले आफ्नो नयाँ शाखा औपचारिक रुपमा इटहरीमा बिस्तार गरेको छ। पूर्वका शहरहरु इटहरी, धरान इनरुवा, बिराटनगर, दमक, बिर्तामोड लगायतका शहरहरु लाइ लक्षित गरि सेवा बिस्तार गर्न लागेको इटहरी शाखा प्रमुख ई बिजय कार्कीले जानकारी दिनुभयो। बिगत सात बर्सदेखि काठमान्डू, पोखरा चितवन बुटवलमा संचलान भैसकेको स्किल सेवा प्रा लि नयाँ…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि देशभर वर्षा हुने, ठाउँ ठाउँमा भारी बर्षा हुनसक्ने!

         काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । कोशी, मधेश, वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना !

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहित…

    Read More
  • मुख्य पृष्ठ

    देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी १५० जनाको मृत्यु

    काठमाडौँ/अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शनिबार सम्म एक सय ५० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी…

    Read More