| 
  • प्रवासी नेपालीका लागि मतदानको व्यवस्था सुनिश्चितता गर्नुपर्छः अध्यक्ष लिङदेन

    काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको व्यवस्थासहित अन्तर जिल्ला मतदानको सुनिश्चितता गर्नुपर्ने माग राख्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू आज सार्वजनिक गर्दै उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन सम्भव रहेकाले सोही व्यवस्थासहित निर्वाचन प्रक्रिया अघि बढाउन सरकारसँग माग…

    Read More
  • फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति

    घोराही (दाङ).यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण रु ६७ लाख मूल्य बराबरकोे क्षति भएको छ । आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा रु ६७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर…

    Read More
  • एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

    काठमाडौँ/यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै…

    Read More
  • आजको मौसमः आंशिक बदलीबाहेक मौसम सफा रहने

    काठमाडौं/आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

    Read More
  • वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

    विराटनगर/मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो । रासस

    Read More
  • सोलुमा हिउँले ढाकेका भाग घट्दै

    सोलुखुम्बु/दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ । “अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,” खुम्बुका वृद्ध पासाङ शेर्पाले भन्नुभयोे, “बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा…

    Read More
  • पर्वत दिवसमा संयोजक दाहालको शुभकामना

    काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरेर पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिनुभएको छ । “पर्वतले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गर्छन् । तर जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली…

    Read More
  • बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

    बाजुरा/बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ ।पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो । नगरपालिकाले सातौँ वडाका रुपमा वडा नम्बर ८ लाई बुधबार छाउपडी गोठमुक्त वडा घोषणा गरेको हो । वडाका ४५६ घरमा…

    Read More
  • दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

    काठमाडौँ/त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई…

    Read More
  • यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छः सचिव विष्ट

    काठमाडौँ,/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको बताउनुभयो । उहाँले महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्दै सामूहिक…

    Read More