| 
  • प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबीसहित आज मुद्दा दायर…

    Read More
  • यू–१९ एसिया कपः बंगलादेशसँग नेपाल सात विकेटले पराजित

    काठमाडौं/एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल बंगलादेशसँग सात विकेटको हारेको हो । युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले प्रस्तुत गरेको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

    Read More
  • पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणहुँदा सेवाग्राहीलाई सहज

    दमौली,तनहुँ/यहाँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यस अवधिमा १० हजार ५३६ राष्ट्रिय परिचयपत्र १० पालिकामा पठाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आव २०८१\८२ मा ६४ हजार ६८१ राष्ट्रिय परिचयपत्र पठाइएकामा १३ हजार ५५० वितरण भएका थिए । चालु…

    Read More
  • आगलागीमा परी वृद्धको मृत्यु

    किमाथाङ्का,(सङ्खुवासभा)/चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उहाँको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरी…

    Read More
  • विद्यालयलाई तीन लाख मूल्यभन्दा बढीका सामग्री सहयोग

    कञ्चनपुर/जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित असिग्राम माध्यमिक विद्यालयलाई ‘डेस्क–बेन्च’ सहयोग गरिएको छ । कम्युनिटी सर्भिस नेपाल, ललितपुरले विद्यालयलाई रु तीन लाख २० हजार बराबरका सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो । विद्यार्थी सङ्ख्या बढ्दै गएसँगै ‘डेस्क बेन्च’ को अभाव देखिएपछि संस्थासँग सहयोगका लागि अनुरोध गरिएकामा सहयोग उपलब्ध भएको र यसले पठनपाठनमा सहज…

    Read More
  • धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

    बेलबारी मोरङ/जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताउनुभयो ।…

    Read More
  • एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

    काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेलका निम्ति भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङको निर्णय गर्दै लुम्बिनीलाई फिल्डिङको निम्तो दिएका हुन् ।

    Read More
  • आज देशभरको मौसम मुख्यतया सफा रहने

    काठमाडौँ/हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राती देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

    Read More
  • यु–१९ एसिया कपः नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

    काठमाडौँ/संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । यही मङ्सिर २६…

    Read More
  • पाल्पा दुर्घटना अपडेटः आमाबाबुकै मृत्यु, छोराछोरीको उपचार जारी, मृतकको संख्या चार

    पाल्पा/पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा घाइते नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारक्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । यसअघि दुर्घटनामा निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६…

    Read More