Breaking News
 | 
  • नाउपाको अध्यक्षमा लालवीर चौधरी चयन

    काठमाडौं/नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । पार्टी अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो । संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष छानेको हो । चौधरी रेशमका बुबा हुन् भने रञ्जीताका ससुरा । भेलाले बुधबार रञ्जीतालाई अध्यक्षबाट हटाएको थियो । राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिविधानअनुसार अघि…

    Read More
  • सिडले दिएको सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी

    काठमाडौँ/महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (सिड) ले नेपालका लागि दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महिला, कानुन र विकास मञ्चले यहाँ आज आयोजना गरेको सिड समितिले नेपालका लागि जारी गरेको निष्कर्ष टिप्पणीबारे छलफलमा उहाँले सिड समितिले सिफारिस गरेको निष्कर्ष टिप्पणी र सिफारिसको कार्यान्वयन गर्न…

    Read More
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ/जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा…

    Read More
  • आज साउन १५ः खीर खाएर मनाइँदै

    काठमाडौँ/साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर…

    Read More
  • कागतीले बजार नपाउँदा देवघाटका किसान निराश

    दमौली,(तनहुँ)/तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश हुनुभएको छ । व्यावसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उहाँले बताउनुभयो । मल्लले भन्नुभयो, “बारीसम्म गाडी पुग्ने…

    Read More
  • झापाका एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी,वार्षिक एक करोड मुनाफा

    झापा/विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६…

    Read More
  • ‘मानव बेचबिखन नियन्त्रणमा साझेदारी अपरिहार्य’

    नारायणगढ(चितवन),/नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताउनुभएको छ । मानव बेचबिखन तथा यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनले आज भरतपुरमा ‘अन्तरराष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस’को सन्दर्भमा एक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उहाँले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्यूरो, विभिन्न प्रकारका भिसा ९भिजिट,…

    Read More
  • चेक अनादार बन्यो हतियार : मिटरब्याजीको पासोमा अझै सर्बसाधारण !

    चितवन/देशमा मिटरब्याजी बिरुद्धको कानुनको निर्माण भैसकेको छ । यधपी अझै कुनै न कुनै रुपमा समाजमा मिटरब्याजीहरुकै जर्बजस्त बोलवाला रहेको छ । प्रशासन, प्रहरी, राजनितीक दल र सामाजिक, ब्यबसायिक तथा बित्तिय सँस्था तथा न्यायलयसम्ममा उनीहरुको जर्बजस्त पकड रहेको कारण उनीहरुको धन्धा निर्वाद चल्नुका साथै पिडीतहरुको आवाज गुमसुम बन्ने गरेको हो । जिल्लामा एकसय एक नामुद मिटरब्याजीहरु रहेपनि उनीहरुलाई अहिलेसम्म…

    Read More
  • प्रचारप्रसारको अभावले ओझेलमा सुनपोखरी

    फुङ्लिङ,(ताप्लेजुङ)/जिल्लाको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको सुनपोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट चार हजार ५०० मिटर उचाइमा अवस्थित सुनपोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसारको अभावले प्रवर्द्धन हुन नसकेको हो । “प्रकृतिबिना मानव जीवनको कल्पना गर्न सकिँदैन । प्रकृतिले हामीलाई अँगालो हालेर बाँचेको अनुभूति दिन्छ । यही प्रकृतिमा यस्ता अनौँठा र रहस्यमय…

    Read More
  • प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति ९एलडिसी ग्रयाजुुएसन०का बारेमा सम्बोधन गर्नुहुने भएको छ । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री…

    Read More