| 
  • राष्ट्रिय

    सर्वोच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता

    काठमाडौँ/सर्वोच्च अदालत बार एसोसिएसनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउने सरकारको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग सर्वोच्च अदालत बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर राउतसहितका पदाधिकारीले आज भेट गरी मुलुकमा शान्ति सुव्यवस्था र आमजनतामा सुशासनको प्रत्याभूति दिलाउन आग्रह गर्नुभयो । उहाँहरूले भ्रष्टाचार नियन्त्रण,…

    Read More
  • मुख्य पृष्ठ

    विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले आज जारी गर्नुभएको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । “उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी…

    Read More
  • मुख्य पृष्ठ

    नेप्से परिसूचक २२ अङ्कले घट्यो

    काठमाडौँ/धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ । कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    जेनजी आन्दोलनका क्रममा बेपत्ता थुक्तेन अझै सम्पर्कमा आएनन्

    सिमकोट,(हुम्ला)/नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ । उहाँ काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता हुनुभएको र अझै सम्पर्कमा नआउनुभएको थुक्तेनको परिवारजनले बताएका छन् । चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएको थियो । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै…

    Read More
  • राष्ट्रिय

    छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो

    महोत्तरी/तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका चोया तथा कप्टेराले बनेका नयाँ छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पङ्खालगायत सामान अपरिहार्य हुने मैथिल चलनले अहिले यहाँका सबैजसो हटिया ९बजार०मा यी सामग्रीको बजार जमेको…

    Read More
  • मुख्य पृष्ठ

    विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यकः मन्त्री घिसिङ

    पाटन/ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस—२०२५ का अवसरमा सोमबारदेखि यहाँ आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै आज उहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष…

    Read More
  • मुख्य पृष्ठ

    मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : अध्यक्ष ठाकुर

    महेन्द्रनगर,(धनुषा)/लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी रहेको बताउनुभएको छ । आज जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ठाकुरले भन्नुभयो, “उपेन्द्रजीको बाराको चुनावअगाडि नै लोसपालाई मधेसको नेतृत्व दिने तत्कालीन सत्ताघटकको सर्वपक्षीय सहमति भएको हो ।” उहाँले आफूहरु पर्ख र हेरको मनस्थितिमा रहेको उल्लेख गर्नुभयो । उहाँले…

    Read More
  • चितवन सेरोफेरो

    तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

    चितवन/दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो ।…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्रीको नाममा गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

    काठमाडौं/प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण…

    Read More
  • राष्ट्रिय

    मौसमः कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ…

    Read More