Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • नेपाल लाओसको हातबाट स्तब्ध

    काठमाडौँ/नेपालले एसियाकप छनोट तेस्रो चरणमा मंगलबार लाओसको हातबाट २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ । राजधानी भिएनटानको लाओ स्टेडियममा भएको खेलमा पाहुना टिम नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । लाओसविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पराजित भएको यो नै पहिलो पटक हो । लाओसको जितमा दमोथ थोङखामसभाटले १३ औं मिनेटमा गोलको खाता खोले । खेलको ४९ औं मिनेटमा…

    Read More
  • काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

    काठमाडौँ/काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ । जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ । कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका…

    Read More
  • समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताउनुभएको छ । आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको…

    Read More
  • राससको तस्बिर प्रदर्शनीबाट नेपाललाई संसारमा चिनाउन मद्दत पुग्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

    काठमाडौँ/नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राससको तस्बिर प्रदर्शनीले नेपाललाई संसारमा चिनाउन मद्दत पुग्ने बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपछि अध्यक्ष डा भट्टराईले संसारकै उच्च हिमशृङ्खला र साहसिक गन्तव्यको संयोजनले नेपालको गन्तव्य प्रवद्र्धनमा…

    Read More
  • गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा

    चितवन/अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ । भोलि बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । महानगरले यस अविधमा आफ्ना बालबालिकाहरुलाई दिउँसो घाममा हिँडडुल गर्न नदिन, नदी–पोखरीहरुमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न…

    Read More
  • १२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?

    काठमाडौँ । २०७० साल जेठ ३० गते खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकारले मंसिर ४ गते दोस्रो संविधान सभा निर्वाचन घोषणा गर्‍यो । नेपालको इतिहासमा त्यो एउटा अनौठो परिघटना थियो । संविधान सभाको दोस्रो निर्वाचन विश्वमै कहीँ भएको थिएन, तर नेपालमा दोस्रो पटक भयो । प्रमुख राजनीतिक दलहरूलाई पन्छाएर सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायाधीश रेग्मीलाई मन्त्रिपरिषदको…

    Read More
  • नेपालमा ८६ हजार ८०९ यौन श्रमिक

    काठमाडौँ/नेपालमा ८६ हजार ८०९ यौन श्रमिक रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको यौन श्रममा संलग्न व्यक्तिको अधिकारका सम्बन्धमा छलफल कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । यौन श्रम र मानव बेचबिखन एउटै विषय नभएको छलफल कार्यक्रमका वक्ताले बताएका छन् । छलफलमा…

    Read More
  • अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

    कञ्चनपुर/बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा…

    Read More
  • मुख्य पृष्ठ

    तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    काठमाडौँ/हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत…

    Read More
  • राजावादी समूहमा विवाद चुलियो, आन्दोलन छिन्नभिन्न

    काठमाडौँ/राजतन्त्र फर्काउने उद्घोषसहित जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिएको राजावादी समूहभित्रै विवाद चर्किएको छ । चैत १५ गते भएको तीनकुने हिंसात्मक घटनापछि रक्षात्मक बनेका राजावादीहरूले पुनः जुरमुराउँदै ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीको नेतृत्वमा जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन थालेका थिए । तर आन्दोलन एक हप्ता नपुग्दै राजावादी समूहमा विवाद उत्पन्न भएको…

    Read More