देशैभर भूमाफियाको चलखेल : नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा
असार २३, काठमाडौं । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा रानीमहलका जग्गा शंकास्पद रूपमा अतिक्रमणमा परेको तथ्य फेला परेको हो ।…
Read More




