बालसंरक्षण गृह सञ्चालन
राँझा,(बाँके)/खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बालसंरक्षण गृह सञ्चालनमा ल्याएको छ । गाउँपालिकाभित्रका अभिभावकविहीन भई सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न आफ्नै लगानीमा पालिकाले ‘खजुरा बालसंरक्षण गृह’ सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष डम्बर विकले भन्नुभयो, “हरेक बालबालिकाको सपना, शिक्षा, माया र सुरक्षित भविष्यको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व…
Read More




