Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    १८ वर्षअघिको तस्बिरदेखि विश्वकप फाइनलसम्मः मेस्सी र यामालको अविश्वसनीय यात्रा

    काठमाडौं/अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको सम्बन्ध झण्डै दुई दशक पुरानो एउटा ऐतिहासिक तस्बिरले फेरि चर्चामा ल्याएको छ । सन् २००८ मा खिचिएको मेस्सी र बच्चा यामालको उक्त तस्बिर अहिले २०२६ फिफा विश्वकप फाइनलअघि विश्वभर भाइरल बनेको छ । मेस्सीले पनि उक्त तस्बिरको संयोगलाई ‘अविश्वसनीय’ भन्दै प्रतिक्रिया दिएका छन् । डी–स्पोट्र्सले…

    Read More
  • हात्ती संरक्षणमा सर्वोच्चको ऐतिहासिक आदेशः खरिद बिक्रीको अभिलेख राख्नुपर्ने, बाध्न-चढ्न नपाउने

    चितवन/सर्वोच्च अदालतले नेपालमा हात्ती संरक्षण तथा अवैध व्यापार नियन्त्रण गर्न सरकारका नाममा ऐतिहासिक निर्देशनात्मक आदेश जारी गरेको छ। जनहित संरक्षण मञ्च (प्रो पब्लिक)का तर्फबाट अधिवक्ता संजय अधिकारीसहित प्रकृति तथा वन्यजन्तु संरक्षण अभियन्ता सृष्टि सिंह भण्डारी, बाबुराम प्रसाद यादव लगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले हात्ती संरक्षण्का लागि दुरगामी महत्वको आदेश जारी…

    Read More
  • शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

    काठमाडौँ/शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–जापानबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि उहाँहरुबीच विचार–विमर्श भयो । भेटका क्रममा…

    Read More
  • सम्पत्ति शुद्धीकरण प्रकरणमा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    काठमाडौँ/व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ। विशेष अदालतबाट जारी सूचनाअनुसार यसअघि दर्ता भएको प्रतिवादी दीपक भट्टसमेतको मुद्दामा थप अनुसन्धानपछि आरोपपत्र दायर गरिएको हो। आरोपपत्रमा विष्णु प्रसाद पौडेलसहित ६ जना…

    Read More
  • अन्तर्राष्ट्रिय

    सेमिफाइनलमा दुई असिस्ट गरेका मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २-१ को पुनरागमन जित हात पार्दा मेसीले दुवै गोलमा असिस्ट गरेका थिए । अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्‍याउँदै उपाधि…

    Read More
  • मिटरब्याज पीडितले वार्तासँगै संघर्ष जारी राख्ने, आन्दोलन रोक्नुपर्ने सरकारको सर्त

    काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता भएको छ । बुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् । वार्तामा सहभागी मिटरब्याज पीडित टोलीलाई भने आन्दोलन स्थगित गरेर काठमाडौं जान सरकारी टोली सर्त अघि सारेको छ । बाराको निजगढमा बुधबार मध्यराति सहमति बिनै वार्ता टुंगिएको हो…

    Read More
  • चितवन सेरोफेरो

    ध्रुवे हात्तीलाई रेडियो कलर जडान, दाह्रा काटेर छाडियो

    भरतपुर/चितवन राष्ट्रिय निकुञ्जले ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको जंगली हात्ती ध्रुवेलाई आज राती १०ः३० बजे डार्ट (बेहोस) बनाएर घाँटीमा रेडियोकलर जोडिएको हो । निकुन्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवेलाई डार्ट गरेर घाँटीमा स्याटलाइट रेडियो कलर जडान गर्नुका साथैं दाह्रा काटेर छाडिएको छ…

    Read More
  • मुख्य पृष्ठ

    मिडिया हाउसमाथिको त्रास सिर्जना गर्ने गतिविधि निन्दनीय : पत्रकार धमला

    काठमाडौँ/पत्रकार ऋषि धमलाले सञ्चार गृहमा डर, त्रास र अवरोध सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्। नेपाल न्यूजबैंकसँगको कुराकानीमा उनले पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा भइरहेका आक्रमण तथा सञ्चार गृहलाई लक्षित गतिविधिप्रति आपत्ति जनाएका हुन्। धमलाले सञ्चार गृहको गेटमा सवारीसाधन पार्किङ गरेर अवरोध सिर्जना गर्ने र त्रास फैलाउने कामको कडा शब्दमा निन्दा गरे। उनले…

    Read More
  • मुख्य पृष्ठ

    अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

    पर्वत/पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् । अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन् । गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६०…

    Read More
  • मुख्य पृष्ठ

    नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

    काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्। सांसद शाहीले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो भन्दै हिँडेको आरोप लगाए ।…

    Read More