Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    सागर ढकाललाई डडेल्धुरामा चुनाव प्रचार प्रसारमा रोक

    डडेल्धुरा/आगामी मसिंर ४ गते हुन गइराखेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा डडेल्धुरा बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई डडेल्धुरामा चुनाव प्रचार प्रसारमा रोक लगाईएको छ। सोमबार ढकालले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत सो कुरा बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले खुलेआम नियम कानुन उल्लंघन गर्दा पनि प्रशासन शाखा बन्द गरेर बसेको तर आफूले माइकिङ…

    Read More
  • पत्रपत्रिका/अन्य

    आयोगले मनपरी ढङ्गले निर्णय गरेको भन्दै सर्वत्र आलोचना

    काठमाण्डौं/निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि त्यस्तो अवस्था आएको हो। सामाजिक सञ्जालमा समेत अनावश्यक निगरानी राख्दै मनपरी निर्णय गरेको भन्दै आयोगको आलोचना हुने गरेको छ। सर्वोच्चले मात्रै होइन, निर्वाचन…

    Read More
  • मुख्य पृष्ठ

    ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार गर्ने

    काठमाडौं/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरूले ४ मंसिरको निर्वाचनलाई बहिस्कार गर्ने घोषणा गरेका छन् । बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् । तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त पत्रकार सम्मेलन गर्दै…

    Read More
  • प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेलधुरामा ३२ किलोको मालाले सम्मान

    काठमाडौ/नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेलधुरामा ३२ किलोको माला लगाइएको छ। जिल्लाको भित्री मधेस क्षेत्र जोगबुढामा आयोजित चुनावी सभामा नेपाली कांग्रेस र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको परशुराम नगर समितिले सोमबार देउवालाई ३२ किलोको माला लगाएको हो। भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने

    काठमाण्डौं/आजदेखि मंसिर १ गतेसम्म राजनीतिक दल तथा उमेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ “निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ…

    Read More
  • चितवन सेरोफेरो

    दानवीरका रुपमा चिनिएकी पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन

    चितवन/पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराती १ः१० बजेको समयमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । २०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरि लगातार १२ वर्षसम्म सांसद रहेकी श्रेष्ठ वि.स. १९८७ असोजको फूलपातीका दिन तनहूँको वन्दिपुरमा जन्मनु भएको थियो ।…

    Read More
  • चितवन सेरोफेरो

    कृषिलाई व्यवसायीकरण र बजार व्यवस्थापन गर्न म किसानको साथमा छुः उमेश श्रेष्ठ

    इच्छाकामना/निर्वाचन नजिकिएसंँगै चितवनको चुनावी महोल पनि दिनप्रतिदिन तातिंँदै गएको छ । चितवनका ३ वटा क्षेत्र नम्बर मध्ये सबै भन्दा चासो र चिन्ताको बिषय बनेको चितवन क्षेत्र नम्बर २ थप रोचक र घोचक बन्दै गएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फ बाट नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ , निवर्तमान सांसद क्षेत्र नम्बर २ बाट नेपाल…

    Read More
  • मुख्य पृष्ठ

    राजु गुरुङको उम्मेदवारी खारेज

    रुपन्देही/एकीकृत समाजवादी पार्टी बाट रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने…

    Read More
  • मुख्य पृष्ठ

    प्रचण्डले भने : गठबन्धनमा आबद्ध दलहरूले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हाे

    कास्की/सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा -माओवादी केन्द्र_ का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने जिकिर गर्नुभएको छ । प्रचण्डले गठबन्धनका दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताउनुभएको हो । उहाँले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै…

    Read More
  • पत्रपत्रिका/अन्य

    फेसबुकको मातृसंस्था मेटाले गर्दैछ नेपालमा चुनावको अनुगमन

    काठमाडौँ/आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ।   सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।   यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक,…

    Read More