Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    रामचन्द्र पौडेलको देउवालाई प्रश्न, ‘हाम्रो भागमा कति ?’

    काठमाण्डौ/सत्ताधारी दल नेपाली कांग्रेसको बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आक्रोश पोख्नुभएको छ। मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भइरहेको विषयमा कुरा राख्दा अरू दलहरुलाई मिलाउँदा ढिलाइ भएको भन्दै प्रधानमन्त्री देउवा पन्छिने गरेको आरोप लगाउँदै नेता पौडेलले पदाधिकारी बैठकमा सभापति देउवासँग ‘कांग्रेसबाट आफ्नो गुटको चार मन्त्री नियुक्त गरेपछि हाम्रो भागमा कति…

    Read More
  • पत्रपत्रिका/अन्य

    कांग्रेस क्रियाशील सदस्यतालाई लिएर मन्त्रीले गरे कार्यकता माथि हातपात

    काठमाडौं/नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुव्र्यवहार गरेका हुन् । सर्लाही–४ ९क० बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका…

    Read More
  • पत्रपत्रिका/अन्य

    आउँदो चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न नेपालको प्रस्ताव

    काठमाडौं/नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्। उनले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धनलाई स्थानीय तहसम्म पुर्‍याउनु आवश्यक रहेको समेत उल्लेख छ। मुलुकमा दुई प्रकारका राजनीतिक धार…

    Read More
  • मुख्य पृष्ठ

    सर्वोच्चद्धारा कुलमानको नियुक्तिविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाण्डौँ /सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । रिट निवेदक हितेन्द्रदेव शाक्यको माग अनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश भने दिएन । अब कुलमानलाई काम…

    Read More
  • मुख्य पृष्ठ

    आज ७ वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन

    काठमाण्डौ/आज ७ वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा आज वडा अधिवेशन हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए अनुसार ७ जिल्लाका निर्वाचन अधिकृतहरुले वडा अधिवेशन आजै सम्पन्न गर्ने आफूहरुलाई जानकारी दिएका छन । “आज ७ जिल्लाका वडा…

    Read More
  • मुख्य पृष्ठ

    आज विनियोजन विधेयक पारित गर्ने तयारी

    काठमाण्डौ/सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ…

    Read More
  • मुख्य पृष्ठ

    पार्टी र सरकारमा एक्लिँदै प्रधानमन्त्री देउवा

    काठमाडौं/नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका निकट नेताहरूले बिस्तारै साथ दिन छाडेका छन्। र, गठबन्धन दलका शीर्ष नेताहरूबाट पनि असहयोग सुरु भएको छ। गठबन्धन दलका नेताहरूको स्वार्थ र…

    Read More
  • मुख्य पृष्ठ

    संविधान दिवसमा जसपाले भाग नलिने

    काठमाण्डौ/जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ । नेपालको संविधान २०७२ मा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरेर बताए । मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै सच्चाउन दबाबका लागि…

    Read More
  • पत्रपत्रिका/अन्य

    पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

    काठमाडौं/अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा चिनिएको राप्रपादेखि नेत्रविक्रम…

    Read More
  • पत्रपत्रिका/अन्य

    नेपाली कांग्रेस १४ औं महाधिवेशनः देशभरमा एक लाख बढी क्षेत्रीय प्रतिनिधि

    काठमाण्डौ/देशभरका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट…

    Read More