आज ६० जिल्लामा कांग्रेसको निर्वाचन क्षेत्र अधिवेशन

काठमाण्डौं/देशका अधिकांश स्थानमा आज नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो । आज विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ ।

यसअघि एक मात्र निर्वाचन क्षेत्र भएका १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। अन्यत्र जिल्लाको अधिवेशनको काम अगाडि बढे पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने रोकिएको छ।
सर्लाहीमा वडा तहको अधिवेशन केही दिन अघिमात्र भएको छ भने सिन्धुपाल्चोकमा आज हुने कार्यतालिका कांग्रेसले सार्वजनिक भएको छ।

आजै विभिन्न जिल्लाको अधिवेशनसमेत हुने कार्यतालिका सार्वजनिक भैसकेको छ। आजको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि समेत प्रतिनिधि चयन गर्नेछ।