Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    भोली बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी बारेको छलफल

    काठमाण्डौ/भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकि सहयोग परियोजना एमसीसी संझौता माथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले भोली बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नुहुने छ भने अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी…

    Read More
  • बिश्व/बिचित्र

    युक्रेनमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न माग

    काठमाण्डौं/युक्रेनमा सुरक्षा जोखिममा रहेका विद्यार्थीहरु तथा सम्पूर्ण नेपाली नागरिकहरुको उद्धार गर्न अनेरास्ववियू (क्रान्तिकारी) ले सरकारसँग माग गरेको छ । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा रुस–युक्रेन तनावले युद्धको रुप लिएपछि युक्रेनमा उत्पन्न परिस्थिति र बढ्दै गएको सुरक्षा खतरा तथा त्यसबाट नेपाली विद्यार्थी लगायत त्यहाँ रहेका नेपाली समुदायमा परेको संकट प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण…

    Read More
  • मुख्य समाचार

    चिनले अमेरिकालाई चेतावनी दिदै भन्यो, उपहारमा किन धम्कीको भाषा ?

    फाल्गुन ११, २०७८ नेपालमा एमसीसीबारे संसदमा निर्णायक छलफल शुरु हुनु अघि मित्ररास्ट्र चीनले अमेरिकालाई पुनः कडा चेतावनी दिदै उपहारमा किन धम्कीको भाषा ? भन्दै ब्यङ्ग्य गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी अमेरीकी जनताको उपहार भए दबाब र अल्टिमेटम किन ? भन्दै प्रश्न गरेकी हुन। अमेरिकाको नेपालस्थित दूताबासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय प्रजातन्त्र दिवस

    काठमाडौं/आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम मनाइँदैछ । नेपालमा २००७ फागुन ७ गते अर्थात् आजकै दिन तत्कालिन जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको सम्झनामा हरेक बर्ष प्रजातन्त्र दिवस मनाइदै आइएको छ । विशेष गरी प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदान…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको बैठक फागुन २० गते बस्ने गरी स्थगित

    काठमाडौं/नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । बैठक फागुन ८ र ९ गतेलाई बोलाइएको आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो । बैठक विशेष राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले बताउनुभयो ।

    Read More
  • मुख्य पृष्ठ

    आज पनि माओवादी केन्द्रका भ्रातृ संगठनले एमसीसीविरुद्ध प्रदर्शन गर्ने

    काठमाण्डौं/अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका भ्रातृ संगठनले आज पनि प्रदर्शन गर्ने भएको छ ।  मध्यान्ह १२ बजे माओवादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) र अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ बानेश्वरको  एभरेष्ट होटल अगाडि प्रदर्शन गर्ने वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले बताए । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय सहमति नजुट्दासम्म एमसीसी सम्झौता अघि बढाउन नहुने माओवादीको निर्णय

    काठमाण्डौं/सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दासम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ । माओवादी संसदीय दलको हिजो बसेको बैठकले एमालेले संसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा संशोधन समेत नभएकोले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । संसदमा एमसीसीको विपक्षमा उभिने तथा आवश्यक…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तहको चुनावका लागि आजदेखि निर्वाचन आयोगमा दल दर्ता गर्न सकिन

    काठमाण्डौं/स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता सुरु गर्दैछ । आयोगले सूचना निकालेर आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि आजदेखि आउँदो १५ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ । निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने छ । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक…

    Read More
  • मुख्य पृष्ठ

    आज सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं/अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन…

    Read More
  • मुख्य पृष्ठ

    राप्रपाले एमसीसीको विरोधमा आज प्रदर्शन गर्ने

    काठमाण्डौं/आज बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका जनवर्गीय संगठनहरुको आज प्रदर्शन गर्ने भएको छ । दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ ।

    Read More