Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कर्मचारीले घुस लिए कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाउने उद्देश्यसहित अख्तियारले पहिलोपटक विशेष अदालतमा प्रमुखको पनि संलग्नता देखिएको भन्दै मुद्दा दर्ता गरेको हो । मालपोतका कर्मचारीले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीसँग घुस मागेका थिए । सोही…

    Read More
  • स्वास्थ्य सामग्री खरिद प्रकरण छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल

    काठमाडौँ/लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् । खरिदमा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक लेखा समितिले उनलाई बोलाउने भएको छ । ‘स्वास्थ्य सामग्री खरिदका विषयमा बुझ्न उच्चस्तरीय समन्वय समितिका संयोजकलाई बोलाउँछौं,’…

    Read More
  • मुख्य समाचार

    कोरोना भाइरसका कारण विश्वमा पाँच लाख ७५ हजार भन्दा बढीको मृत्यु

    जेनेभा स्वीट्जरल्याण्ड/कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी…

    Read More
  • मुख्य समाचार

    राजधानी काठमाण्डौंमा गुड्न थाले सार्वजनिक यातायात

    काठमाडौं/सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् । सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए ।…

    Read More
  • मुख्य समाचार

    बाइस करोडभन्दा बढीको आलु उत्पादन

    हेटौँडा, असार ३० गते/मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन…

    Read More
  • अपराध/दुर्घटना

    रोकिएन असारे विकास, झरीमा बजेट छरेर अनियमितता

    सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरमा पक्की सडक निर्माणकाका लागि गाउँपालिकाले जेठ ३२ मा उपभोक्ता समितिसँग १५ दिने कार्यसम्पन्न म्याद तोकेर सम्झौता गर्यो। म्याद सकिएपछि सुरु भएको १८ लाख ८६ हजार ४ सय ९८ रुपैयाँको यो योजनाको काममा व्यापक अनियमितता भएको गुनासो आए पनि सम्बन्धीत निकाय भने मौन छ। हिलाम्य सडकमा रड ओछ्याएर ढलान गरिरहँदा समेत गाउँपालिकाका…

    Read More
  • मुख्य समाचार

    कालापानीसम्मै छैन हाम्रो पहुँच,सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्।

    काठमाडौं/दार्चुला/नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्। दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट ९बीओपी० बाट कालापानी हिँडेको सशस्त्र प्रहरीको टोली गत जेठ १८ गते त्यहाँभन्दा १।२ किलोमिटर वरैबाट फर्किएको छ। सशस्त्र प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    नक्कली जग्गाधनी खडागरी ३२ बिगाह जग्गा हिनामिना गर्ने सहसचिवसहित १३ जनाविरुद्ध मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७ धुर जग्गा बिक्रीमा संलग्न रहेको अभियोगमा सहसचिवसहित १३ जनामाथि मुद्दा दायर गरेको छ । आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । ज्ञवाली नवलपरासीका तत्कालिन प्रमुख मालपोत अधिकृतका रुपमा काम गरेका थिए । आयोगले उनीहरु बिरुद्ध ५…

    Read More
  • मुख्य समाचार

    अवैध मिर्गौला प्रत्यारोपणस् चिकित्सक, प्रहरी, वडाध्यक्ष लगायतको संलग्नता

    प्रहरी, डाक्टर, वडाध्यक्षसहितको मिलोमतोमा मिर्गौला तस्करी भएको भेटिएको छ। जिम्मेवार निकायकै व्यक्तिहरूको संलग्नतामा अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको प्रहरीको मानव बेचबिखन केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो। मिर्गौला प्रत्यारोपण भएको भन्दै ब्युरोमा परेको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो। यस प्रकरणमा १२ जनाको संलग्नता रहेको ब्युरोले पुष्टि गरेको छ। ललितपुर महानगरपालिका–३ का…

    Read More
  • स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी

    काठमाडौँ, असार २९ गते/सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ २९ गते दुवै पक्षलाई बोलाएर छलफल गरी मेलमिलापद्वारा समस्याको समाधान ग¥यो । बाग्मती प्रदेशअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ का बद्रीप्रसाद घिमिरेसँग त्यहीँकी पूर्णाकुमारी देवकोटाको सामाजिक परम्परा अनुसार…

    Read More