Breaking News
 | 
  • चितवन सेरोफेरो

    चितवनका पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    चितवन/रासस/चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा…

    Read More
  • चितवन सेरोफेरो

    कोरोनाको कारण चितवनमा एक जनाको मृत्यु

    चितवन/कोरोनाको संक्रमणको कारण चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणले गम्भीर भएका खैरहनी नगरपालिकाका ४७ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालमा मृत्यु भएको कोभिड क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले जानकारी दिए । डा. पौडेलले सुगर, प्रेसर जस्ता कुनै दीर्घरोग नभए पनि उनको कोरोनाको कारणले निमोनिया भई अक्सिजनको तह घटेर निधन भएकोले सबै जना सतर्क…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन-नारायणगढ सडकखण्ड दुइतर्फी सुचारु

    चितवन/मुग्लिन-नारायणगढ सडक खण्ड दुइतर्फी सुचारु भएको छ । भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएर २ बजेदेखि बन्द भएको मुग्लिन-नारायणगढ सडक खण्ड पहिरो पन्छाई ८ बजेबाट दुइतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा…

    Read More
  • अपराध/दुर्घटना

    राप्तीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

    चितवन/चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्र चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीय रमिता तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रकको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको सैनिक महाविधालयले माग्यो ७ जना शिक्षक र १ कर्मचारी

    चितवन/चितवनको सैनिक महाविधालयले ७ जना शिक्षक र १ कर्मचारी माग गरेको छ । खैरहनी नगरपालिका–३ मा रहेको सैनिक आवासीय महाविद्यालयले नयाँ शैक्षिक शत्रका लागि विभिन्न विषयका सात शिक्षक र एक कर्मचारी आजबाट माग गरेको महाविद्यालयले सूचनामार्फत जानकारी गराएको हो । विज्ञापनमा पूर्णकालिन र करार गरेर कम्प्युटर विज्ञान, गणित रसायन शास्त्र, नेपाली, बिजनेश स्टडी, चित्रकला र…

    Read More
  • चितवन सेरोफेरो

    मनकामना केबलकार २३ गतेदेखि अर्को सूचना जारी नभएसम्म बन्द हुने

    कुरिनटार/गोरखाको पवित्र धार्मिकस्थल मनकामना मन्दिर जाने मनकामना केवलकारको सेवा यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ । प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय केबलकार बन्द हुने भएको कम्पनीले विज्ञप्ति निकालेर जानकारी दिएको हो । कम्पनीको अनुसार एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको काम अघि बढाउन लागिएको छ…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सुचारु

    चितवन/अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी बाटो सुचारु भएको छ । आज विहान २ः३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाई अहिले बिहान ९:१० बजेबाट दुईतर्फी बाटो सुचारु भएको  प्रहरीले जानकारी दिएको हो । सोमबार राति पनि पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा…

    Read More
  • चितवन सेरोफेरो

    बारम्बार पहिरो खसेर मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा यात्रुको बिचल्ली

    चितवन/मुग्लिन-नारायणगढ सडकखण्डमा बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुँदा गाडी चालक, सहचालक र यात्रुको बिचल्ली भएको छ । सोमबार रातिदेखि बन्द भएको सडक गएराति साढे १० बजेतिर बल्ल खुलेको थियो । तर, खुलेको चार घण्टामा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ठूलो पहिरो गएको छ । सोमबार…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

    चितवन/नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो खसेपछि अवरुद्ध भएको हो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी खोलामा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज विहान २ः३० बसेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन हुँदै पोखरा तथा काठमाडौँ जाने सवारीसाधन नवलपुरमै रोकिए

    चितवन/नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरु नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को सडकमै रोकिएको छ। ट्राफिक प्रहरीका अनुसार नवलपुर हुँदै पोखरा तथा काठमाडौँ जाने सवारीसाधन जिल्लामै रोकिएको हो ।चितवनको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि जिल्लामा नै सवारीसाधन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले बताउनुभयो । “नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी र १७…

    Read More