Breaking News
 | 
  • चितवन सेरोफेरो

    नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता

    चितवन/नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् । आज ९आइतबार० अपरान्ह ५ः३५ बजेको समयमा नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नं.को स्कुटर रोकि चितवनको भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट पहिचान नखुलेको अन्दाजी ३० वर्षीय पुरुष हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि चितवनका विद्यालय एक साता बन्द

    चितवन/आजदेखि चितवनका सामुदायिक विद्यालय एक सातासम्म बन्द गर्न नेपाल विद्यालय कर्मचारी परिषद् चितवनले निर्देशन दिएको छ । परिषद्ले नेपाल शिक्षक महासंघ तथा आबद्ध घटक संस्थाहरुलाई विज्ञप्ति मार्फत परिषद्को आन्दोलनको कार्यक्रम अन्तर्गत एक साता विद्यालय बन्द गर्न भनेको हो । तलबमा विभेद गरिएको भन्दै चरणवद्ध आन्दोलनमा रहेको परिषद्को निर्देशन अनुसार १२ देखि १८ गतेसम्म जिल्लाका सबै…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी

    चितवन/चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ । आज बिहान करिब ६ः४५ बजे लेदोसहितको पहिरो खसेपछि बाटो एकतर्फी अवरुद्ध भएको हो । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यो वर्ष केराबारीमा पहिरो झरेर धेरै पटक बाटो अवरुद्ध भएको छ ।

    Read More
  • चितवन सेरोफेरो

    सक्रिय राजनीति गर्ने शिक्षकलाई खैरहनी नगरपालिकाले कारवाही गर्ने

    चितवन/विगतमा जिल्लाको उत्कृष्ट नगरपालिका घोषित हुँदै आइरहेको पूर्वीचितवनको खैरहनी नगरपालिले नयाँ जनप्रतिनिधि आएसंगै थप रचनात्मक कार्य अगाडि बढाउन थालेको छ । युवा मेयर शशी खनियाँले नगरपालिकालाई व्यवस्थित बनाउन लागि परिरहेका छन् । उनले शुक्रबार एउटा विज्ञप्ती निकालेरै सक्रिय राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न राजनीतिक पार्टीमा संलग्न…

    Read More
  • चितवन सेरोफेरो

    प्रचण्ड भदौँ ८ गते चितवन आउदै

    चितवन/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भदौँ ८ गते चितवन आउदैहुनुहुन्छ । माडीमा निर्माण सम्पन्न भएको एक पुलको उद्घाटन तथा केहि नयाँ योजनाहरुको सामुहिक शिलान्यासका लागि प्रचण्ड माडी आउनुहुने भएको हो । रौतनी पुल उद्घाटन तथा सडक, पुल र तटबन्धन परियोजनाहरुको सामुहिक शिलान्यासका लागि माडी आउँदा प्रचण्डले पाँच दलिय गठबन्धनका नेताहरुसंग भेटघाट र अगुवा कार्यकर्ता…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा बन्दकर्ताद्धारा ६ वटा सवारी साधनमा तोडफोड, ५ जना प्रहरी नियन्त्रणमा

    चितवन/चितवनको भरतपुर महानगरपालिकाको बिभिन्न स्थानमा बन्द कर्ताहरुले बन्दको अबज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारी अनुसार बन्दकर्ताहरुले प्रदेश३.०.०१क०३१२ नं.को कार,ना८ख४२५९ नं.को बस, ना५ख२२६३ नं.को ट्रक,ना५ख१४३१ नं.बस, ना४ख८३२५ नं.ट्रक,प्रदेश२.०.३.००१ख००९८ नं.को.बसमा बन्दकर्ताले ढुङ्गाले हान्दा सिसामा सामान्य क्षति पुगेको हो । उक्त क्रियाकलापमा संलग्न रहेको हुन सक्ने आशकामा ५ जना…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको औद्योगिक–२ फिडर आज ९ बजेदेखि साँझ ५ बजेसम्म अवरुद्ध हुने

    चितवन/नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले आज औद्योगिक–२ फिडर आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अवरुद्ध हुने बताएको छ । आठ र नौ मिटरका पोल भएका स्थानमा ११ मिटरका पोल राख्ने र कभर्ड कण्डक्टर राख्ने कार्यका लागि औद्योगिक–२ फिडर ८ घण्टा सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ । यो फिडर सटडाउन भएपछि चोकबजार, गितानगर,…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा लालपुर्जा माग्दै १६ हजार बढीको निवेदन

    प्रतिमा कुमाल/चितवन/भूमिहिन, दलित र सुकुमबासीले शहरमा आठ धुर र ग्रामीण क्षेत्रमा एक कठ्ठा भन्दा बढी जग्गा नपाउने भएका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनले आज (शनिबार) भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएको हो । आयोगको अनुसार एक बिघाभन्दा कम वा धेरै भूमिको भोग चलन गरे पनि भूमिहिन दलित र सुकुमबासीले सहरी…

    Read More
  • ग्राफिक अफरमा सुनको सिक्का

    चितवन । छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल ग्राफिक मार्ग प्रा. लि.ले कम्पनी दर्ता गर्न चाहने ब्यक्तीहरुलाई लक्षित गरि ग्राफिक अफर सञ्चालनमा ल्याएको छ । भरतपुर-११, वाईपास रोडमा अवस्थित कम्पनीको मुख्य कार्यालयमा सम्पूर्ण कर्मचारी तथा बजेट ब्यवस्थापन समिति बिच भएको विशेष बैठक मार्फत कम्पनी दर्ता साथमा, सुनको सिक्का हातमा भन्ने स्लोगन राखि यहि मिति…

    Read More
  • अपराध/दुर्घटना

    ४२ हजार नगदसहित भरतपुरबाट ६ जना जुवाडे पक्राउ

    भरतपुर/चितवनको भरतपुर महानगरपालिका २२ स्थित बिष्णुराज महतोको घरमा पैसाको बाजी थापेर तास खेलिरहेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर १४ बस्ने सत्यनारायण महतो,भरतपुर २२ का विष्णुराज महतो,भरतपुर १३ का सजन आले,भरतपुर २२ का देवराम महतो,भरतपुर २१ का हिरा पौडेल र भरतपुर २२ का विकास सापकोटा रहेका छन् । उनिहरुको साथबाट प्रहरीले…

    Read More