ग्राफिक अफरमा सुनको सिक्का

चितवन । छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल ग्राफिक मार्ग प्रा. लि.ले कम्पनी दर्ता गर्न चाहने ब्यक्तीहरुलाई लक्षित गरि ग्राफिक अफर सञ्चालनमा ल्याएको छ । भरतपुर-११, वाईपास रोडमा अवस्थित कम्पनीको मुख्य कार्यालयमा सम्पूर्ण कर्मचारी तथा बजेट ब्यवस्थापन समिति बिच भएको विशेष बैठक मार्फत कम्पनी दर्ता साथमा, सुनको सिक्का हातमा भन्ने स्लोगन राखि यहि मिति २०७९ भाद्र १ गतेदेखि २०७९ पौष मसान्त सम्म ग्राफिक अफर सञ्चालन हुने कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले जानकारी गराउनुभयो । उक्त ग्राफिक अफरमा कम्पनी दर्ता गर्ने १ जना भाग्यशाली कम्पनी सञ्चालकले कम्पनी दर्ता संगै सुनको सिक्का पनि हातमा लिएर जान सक्ने मौका रहेको खड्काले बताउनुभयो ।
उक्त अवधिमा दर्ता भएका कम्पनीहरुमध्येबाट एक कार्यक्रमको आयोजना गरि गोलाप्रथामार्फत विजेता घोषणा गरि क्रमश प्रथम, द्वितिय, र तृतिय पुरस्कार वितरण गरिने जसमा प्रथम उपहार सुनको सिक्का, द्वितिय उपहार चाँदीको सिक्का र तृतिय उपहार आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीका प्रवक्ता रेमन खरेलले जानकारी दिनुभयो ।
ग्राफिक अफर अवधिमा नयाँ कम्पनी दर्ता गर्दा कम्पनी दर्ता सेवा शुल्क रु.11,111/- लाग्ने र सो अवधिमा 150 वटा नयाँ कम्पनी दर्ता गर्ने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अन्र्तगत रहेर यो अवधिभर दर्ता भएका कम्पनीहरुमध्येबाट कम्पनी दर्ता शुल्क वापत लिएको रकमको 1 प्रतिशत र सो रकममा ग्राफिक मार्ग प्रा.लि.को तर्फबाट 2 प्रतिशत रकम थप गरी संकलन भएको सम्पूर्ण रकम भरतपुर-११, नौरङ्गे, चितवनमा अबस्थित सगरमाथा बालगृहमा रहेका पिडित असाहय तथा अनाथ बालबालिकाहरुलाई सहयोग गरिने कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले बताउनुभयो । युवाहरुलाई नेपालमै व्यवसायी बनाउनको लागि प्रोत्साहन स्वरुप ग्राफिक अफर ल्याईएको र व्यवसाय गर्ने तयारीमा रहेका ब्यक्तिहरुलाई यो अफरको भरपुर उपयोग गर्न कम्पनीले अनुरोध समेत गरेको छ ।
कम्पनीदर्ता देखि खारेजी सम्मका सम्पूर्ण कामहरु गर्नको लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वर काठमाडौंबाट अनुमती (License) प्राप्त आधिकारीक सेवा केन्द्र समेत रहेको ग्राफिक मार्ग प्रा. लि.ले काठमाण्डौ जानै नपर्ने गरी कम्पनी दर्ता सहजीकरण, कम्पनीहरु नविकरण तथा अध्यावधिक, शेयर खरिद बिक्री, पुँजी बृद्धि, नामसारी तथा ठाउँसारी लगायतका कामहरु गर्दै आएको छ । कम्पनीले कर, भ्याट, र लेखा सम्बन्धि सम्पूर्ण कामहरु गर्नुका साथैे ग्राफिक डिजाईन र साधा तथा रङ्गिन छपाई सम्बन्धि सेवा समेत उपलब्ध गराउदै आएको छ ।