| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • नवरात्रको अन्तिम दिनः गरिँदै सिद्धिदात्री देवीको पूजाआराधना

    काठमाडौं/आश्विन शुक्ल नवमीका दिन आज (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा…

    Read More
  • अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा

    देवदह,(रुपन्देही)/लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । क्लबले आफ्नो नवौँ स्थापना दिवस तथा बडादसैँका अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको हो । क्लबका अध्यक्ष युवराज श्रेष्ठले बालबालिकालाई टीका लगाएर दक्षिणासमेत प्रदान गरिएको बताउनुभयो । त्यस्तै आश्रममा रहेका बालबालिकालाई बिहानको एक छाक…

    Read More
  • ‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

    सुरुङ्गा,(झापा)/‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गर्नुभएको थियो । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उहाँ घाइते हुनुभएको थियो…

    Read More
  • आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

    काठमाडौं/बडादशैं एवं नवरात्रको आठौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। यस दिन मानिसहरूले आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण…

    Read More
  • आजको मौसमः मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही स्थानहरू साथै…

    Read More
  • ३-० को जितसहित अन्त्य गर्न चाहन्छौँः आसिफ शेख

    काठमाडौं/ओपनर ब्याटर आसिफ शेखले वेस्ट इन्डिजसँगको शृंखला ‘क्लिन स्विप’सहित अन्त्य गर्ने चाहना रहेको बताएका छन् । नेपाली टिमले सोमबार यूएईमा भएको दोस्रो खेलमा ९० रनको सहज जित निकालेसँगै दुई पटकको विश्वकप विजेताविरुद्ध शृंखला अन्तिम खेलअगावै सुनिश्चित गरिसकेको छ । नेपालको जितमा अर्धशतकीय इनिङ्स खेलेका आसिफले सर्वाधिक ६८ रन बनाएका थिए । जितपछि आसिफले आफूसँगै अर्धशतक…

    Read More
  • दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

    चितवन/आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफँैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरुको भनाइ छ ।…

    Read More
  • अष्टमी, नवमी र विजयादशमीका दिनको यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं/यो वर्ष बडादसैँको महाअष्टमी, महानवमी र टीकाका दिन देशका केही स्थानमा ‘हल्का’देखि ‘मध्यम’ वर्षाको पूर्वानुमान छ । दसैँ अवधिभर देशमा मनसुनी वायुको प्रभाव रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार (असोज ११) दसैँ विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ, “यस वर्षको दसैँको अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकोले मौसमको अध्यावधिक जानकारी लिई…

    Read More
  • बागमतीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारको १५ वर्षे रणनीतिक योजना कार्यान्वयनमा

    काठमाडौँ/बागमती प्रदेश सरकारले प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १५ वर्षे मुख्य रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । बागमती प्रदेशको तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रुपमा पर्यटन उद्योगलाई स्थापित गर्दै दीर्घकालीन समृद्धि हासिल गर्ने उद्देश्यका साथ बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले सो रणनीतिक योजना अघि बढाएको हो । उक्त…

    Read More
  • एकैदिन एक लाख ११ हजार बाहिरिए

    काठमाडौँ/बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् । यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताउनुभएको छ । अध्यक्ष स्वारले…

    Read More