| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मलेसियाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

    काठमाडौं/अन्तर्राष्ट्रिय टी-२० श्रृ‌ङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको छ। आज भएको खेलमा सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा पूजा महतोले ३९ र कप्तान इन्दु बर्माले २७ रन जोडिन् । मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि समु विष्टले…

    Read More
  • चितवनमा बाढीको अति उच्च जोखिम

    चितवन/जल तथा मौसम विज्ञान विभागले चितवनसहित २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। आज (शनिबार) सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू बाढीको अति उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यस्तै इलाम, झापा, मोरङ,…

    Read More
  • भारी वर्षाका कारण लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द

    काठमाडौं/लामो दूरी र काठमाडौं भित्रिनेरबाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको हो । प्राधिकरणको सूचनामा ‘सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी…

    Read More
  • नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

    नवलपुर/पूर्वी र पश्चिम नवलपरासीमा हिजो बेलुकादेखि वर्षा भइरहेको छ । यद्यपि यो समाचार तयार पार्दासम्म जिल्लामा डुबान र राजमार्ग अवरुद्ध भएका खबर प्राप्त भएका छैनन् । पूर्व पश्चिम राममार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड सञ्चालनमा छ भने भित्री तथा सहायक मार्गमा पनि अवरोध नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले सतर्कता अपनाउन आग्रह गरेको…

    Read More
  • चितवन र धादिङमा पहिरो खस्यो, बाटो बन्द

    चितवन/चितवन र धादिङमा पहिरो खस्दा बाटो बन्द भएको छ ।रातीदेखीको निरन्तरको वर्षाले पहिरो खस्दा चितवनको नारायणघाट-मुग्लिन सडक खण्ड र मुग्लिन-नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको हो । नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन-नागढुङ्गा सडक खण्डको धादिङस्थित जवाङ खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले जानकारी दिए ।

    Read More
  • राति यात्रा नगर्न सडक विभागको अनुरोध

    काठमाडौँ/जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।…

    Read More
  • टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

    काठमाडौँ/नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट…

    Read More
  • मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी

    काठमाडौँ/राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दसैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ । आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले राससलाई जानकारी दिनुभयो । सार्वजनिक बिदा तथा…

    Read More
  • मनाङ–लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक

    मनाङ/मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ । मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । ठूलो वर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो । जिल्ला प्रशासन…

    Read More
  • ‘सम्भावित वर्षासहित विपद्जन्य घटनाबाट जोगिन आग्रह’

    गण्डकी/जिल्ला प्रशासन कार्यालय, कास्कीले आज शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । कास्की प्रशासन कार्यालयले सम्भावित वर्षाका कारण बाढीपहिरा, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन सार्वजनिक सूचना जारी गरी सम्बद्ध सबैसँग अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम…

    Read More