| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • तनहुँको धार्मिक पर्यटकीयस्थल थानीमाईमा पूर्वाधार निर्माण गरियो

    दमौली,(तनहुँ)/जिल्लाको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर आउने भक्तजनको सहजताका लागि भवन र ट्रस निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र मन्दिर व्यवस्थापन समितिको आन्तरिक कोषबाट भक्तजनको सहजताका लागि यहाँ भवन र ट्रस निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको रु २० लाखमा ट्रस निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो…

    Read More
  • टर्कीमा विमान दुर्घटना: लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

    अङ्कारा/टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो । लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको…

    Read More
  • दमकमा मोटरसाइकल दुर्घटनापरि चालकको मृत्यु

    भद्रपुर,(झापा)/दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का…

    Read More
  • क्यालिफोर्नियामा आँधीका कारण भएको भारी वर्षा र हिमपातले सयौँ विस्थापित

    लस एन्जलस/क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण आवासिय घरहरु प्रभावित हुदाँ सयौं मानिसहरु विस्थापीत भएको जनाइएको छ । भने क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय मौसम सेवाले विज्ञप्ति जारी गर्दै आँदीले शुक्रबारसम्म क्यालिफोर्नियामा भारी वर्षा, हिमपात गराउने, जानकारी गराउदै राज्यको उत्तरी, मध्य र दक्षिणी…

    Read More
  • ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ : गृहमन्त्री अर्याल

    कर्णाली/गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताउनुभएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताउनुभयो । गृहमन्त्रीले भन्नुभयो, “हाम्रो…

    Read More
  • विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर

    लुम्बिनी/कृषि विज्ञान विषयमा अध्ययनरत विद्यार्थी विकास पाण्डेले किसानलाई जैविक विषादी प्रयोग गर्ने विषयमा खोज नै नभएको र यसमा सरकारी निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । जैविक विषादीका विषयमा किसान जागरुक नहुँदा उपभोक्तालाई यसको प्रत्यक्ष असर परेको र यसबारेमा किसानसँगै उपभोक्तालाई पनि बुझाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । यस्तै कृषि विषयमा अध्यापन गराउँदै आउनुभएका शिक्षक ज्ञानेन्द्र पौडेल…

    Read More
  • केयुमा ‘आइटी–मिट’को आयोजना

    काभ्रेपलाञ्चोक/धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट–२०२५’को आयोजना गरिएको छ । विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ । आइटी–मिटमार्फत विद्यार्थीको प्राविधिक क्षमता, नेतृत्व र सृजनशीलता प्रदर्शन गर्ने उत्कृष्ट ‘प्लेटफर्म’ प्रदान गर्दै आएको क्लबले जनाएको छ । मिटअन्तर्गत यस सातामा अन्य विविध कार्यक्रम सञ्चालन गरिए…

    Read More
  • बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन: जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस

    काठमाडौँ/सुस्त अर्थतन्त्र, उच्च तरलता, बढ्दो निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिका कारण बैंकिङ क्षेत्रमा देखिएका जटिल समस्या समाधान गर्न गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुधारका सुझावसहित बुझाएको प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले २०८२ गत जेठ ३० गते डा रेवत बहादुर कार्कीको संयोजकत्वमा गठन गरेको कार्यदलले बैंकिङ नीति,…

    Read More
  • कांग्रेसको महाधिवेशन केही समय धकेलिन सक्छ: शेखर कोइराला

    काठमाडौं/नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा मंगलबार (पुस ८) काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।’ कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै कोइरालाले महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित…

    Read More
  • तीन घण्टाको छलफलपछि सकियो राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका नेताबिचको भेटबार्ता

    काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय भेटवार्ता सकिएको छ। मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको छलफल झण्डै ३ घण्टासम्म चलेर साँझ ६ बजेतिर सकिएको हो। बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली…

    Read More