Breaking News
 | 
  • जेनजीको प्रदर्शनका क्रममा आक्रमण हुँदा महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु

    काठमाडौं/जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ । ‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन…

    Read More
  • राष्ट्रिय

    सर्वोच्च अदालतको मुद्दा सुनुवाइ अनिश्चितकालका बन्द

    काठमाडौं/सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । सर्वोच्च अदालतले आगजनीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरेको हो । जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

    Read More
  • आज नागरिक सरकार गठनलगायत विषयमा छलफल हुने

    काठमाडौं/जेनजीको प्रदर्शनपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुन लागेको हो । नेपाली सेनाले गरेको आग्रह र राष्ट्रपति पौडेलले गरेको अपिलपछि आज औपचारिक वार्ता हुन लागेको हो । प्रधानसेनापति अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले वार्ताका लागि बुधबार अपिल गरेका थिए । उक्त अपिलसँगै जेनजीका प्रतिनिधि पनि वार्तामा बस्न…

    Read More
  • मुख्य पृष्ठ

    भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपालको हिंसात्मक घटनाप्रति दुःख प्रकट, शान्तिका लागि अपिल

    काठमाडौं/नेपालमा जारी हिंसात्मक घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख प्रकट गरेका छन् । मंगलबार दिनभरको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको ताजा घटनाक्रमबारे छलफल भएको जानकारी दिँदै उनले एक्समार्फत प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री मोदीले जेनजीको आन्दोलनमा परेर ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफू अत्यन्तै विचलित भएको उल्लेख गरेका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    नेपाली सेनाको विशेष सुरक्षाः लुटपाटमा संलग्न २६ जना पक्राउ

    काठमाडौं/मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्। जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले नियन्त्रणमा लिएको हो । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य आग्रहसमेत गरेको छ । सेनाले काठमाडौं र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको हो । सेनाले नयाँ बानेश्वरमा…

    Read More
  • बाँके बाल सुधार गृहमा झडपः पाँचको मृत्यु, दुई घाइते

    काठमाडौं/बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार मृतकमध्ये दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्। भेरी अस्पतालका एक डाक्टरका अनुसार उनीहरुलाई अस्पताल पुर्याउनुभन्दा पहिला नै मृत्यु भइसकेको थियो।…

    Read More
  • मौसम पूर्णनुमान

    आज यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं/आज देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसोः देशका पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती…

    Read More
  • आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) सुरु

    काठमाडौँ/प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन…

    Read More
  • राष्ट्रिय

    भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक छः उपाध्यक्ष पौडेल

    ललितपुर/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई गतिशील, प्रभावकारी र चलायमान बनाउन भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्नको जवाफ दिँदै उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको अनुमतिमा राजधानी बाहिरका…

    Read More
  • माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल

    लमजुङ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आज लमजुङको सुन्दरबजार नगरपालिका(९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राख्नुभयो…

    Read More