कास्कीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु

पहिरोले घर बगाउँदा कास्कीमा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उहाँकी श्रीमती सुनमायाको मृत्यु भएको हो । श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा पहिरोमा पुरिएर हराइरहेका वडा अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो ।
पहिरोमा हराइरहेकाको खोजी भइरहेको उहाँले बताउनुभयो ।