| 
  • चार महिनामा १६ हजार पर्यटक मनाङमा

    मनाङ/चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष,…

    Read More
  • एसीसी प्रिमियर कपः सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

    काठमाडौँ/संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा…

    Read More
  • यस्तो रहनेछ आजको मौसम

    काठमाडौं/हाल देशभर कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा…

    Read More
  • मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

    काठमाडौँ/यही मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने भएको छ । पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । सो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले जानकारी दिनुभयो । पार्टी घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।…

    Read More
  • ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

    काठमाडौँ/पत्रकार तथा लेखक दीपेन्द्र शर्माद्वारा लिखित ‘युद्ध पत्रकारिता’ पुस्तक विमोचन गरिएको छ । आज यहाँ आयोजित लोकार्पण समारोहबीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धकालमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै त्यसबाट प्राप्त राजनीतिक उपलब्धिको जगमा टेकेर अघि बढन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुस्तकलाई ‘युद्धको ऐना’का रूपमा चित्रण…

    Read More
  • एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

    गलकोट,(बागलुङ)/बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न सुरु गरिएको थियो ।…

    Read More
  • पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

    भोजपुर/पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् । यहाँका किसानले किबी बेचबिखन गरेर आम्दानीसमेत लिन थालेका छन् । भोजपुर–लेगुवा मुख्य सडकखण्ड आसपासमा पर्ने भएकाले यहाँका किसानले उत्पादन गरेको किबीको बेचविखनमा…

    Read More
  • रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

    रसुवा/रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको छ । गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुङ्गा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो । नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेँसँगै सुख्खाबन्दरगाह सफा गर्ने काम सुर भएको रसुवा भन्सार कार्यालयले जनाएको छ…

    Read More
  • एनपीएल- २ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लुम्बिनी लायन्स विरुद्ध लगातार चौथो जित

    काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स विरुद्ध जित निकालेको छ । ओपनर विनोद भण्डारीको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध सात विकेटको जित निकालेको छ । प्रतियोगितामा अपराजित सुदूरपश्चिमको यो लगातार चौथो जित हो । जितसँगै सुदूरपश्चिम प्लेअफनजिक पुगेको छ । प्रतियोगितामा…

    Read More
  • द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

    काठमाडौँ/गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताउनुभएको छ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताउनुभयो । “होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,” उहाँले…

    Read More