जनता कृषि सहकारीको नवौं साधारण सभा सम्पन्न ।
चितवन/भरतपुर महानगरपालिका वडा नं. ३ कमलनगर नारायणगढमा मुख्य कार्यालय रही महानगरका विभिन्न वडामा शाखा कार्यालय रहेको जनता कृषि सहकारी संस्थाले आफ्नो नवौं साधारण सभा सम्पन्न गरेको छ ।
आज सोमबार नारायणगढमा १५ सय बढी सदस्यहरुको बीचमा आफ्नो संस्थाले साधारणसभा सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष क्या. हुमनाथ ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभा भरतपुर महानगरपालिका रोजगार प्रवद्र्धन शाखाकी प्रमुख रोजी केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि केसीले सहकारीहरु सदस्यमुखी हुनुपर्ने साथै सञ्चालक एवम् व्यवस्थापन पक्ष पारदर्शी र जिम्मेवार बन्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा महानगर रोजगार प्रवद्र्धन शाखाका ना.सु. सुकदेव ढकाल, विशिष्ट अतिति हुनुहुन्थ्यो।
महानगर सहकारीका संस्थापक अध्यक्ष शितलकुमार श्रेष्ठ, भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी, जनता कृषि सहकारी संस्थाका परिकल्पनाकार एवं समाजसेवी अर्जुन शर्मा ढकाल, अधिवक्ता गोपीलाल देवकोटा, किरण गुरुङ, सुनिल मास्के श्रेष्ठ, केशव प्रसाद लामिछाने, रामप्रसाद अधिकारी, कृष्ण ढकाल, लोकप्र. ढकाल, राजेश्वर सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा संस्थामा रहेका कर्मचारीहरु, संस्थामा असल ऋणीहरु र असल वचतकर्ताहरुलाई सम्मान गरिएको थियो। कार्यक्रम संस्थाका सञ्चालक राजन पौडेलले संचालन गर्नुभएको थियो।


