| 
  • मुख्य पृष्ठ

    राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आजबाट लागू, उल्लंघन भए कानूनी कारवाही

    काठमाडौं/माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा…

    Read More
  • मुख्य पृष्ठ

    देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस

    काठमाण्डौं/सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द  गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या दुरुत्साहन अभियोगमा स्याङ्जाबाट एक जना पक्राउ

    स्याङ्जा/आत्महत्या दुरुत्साहन कसूरमा संलग्न रहेको अभियोगमा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ लामागेबाट टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो केहि दिनयता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन्…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि १३औं चितवन महोत्सव सुरु

    चितवन/आज (आइतबार) देखि चितवन महोत्सव सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु हुन लागेको १० दिने महोत्सव माघ ४ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबाट हुने कार्यक्रम आयोजकले जनाएको छ । महोत्सवको प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति रहेका छन् । यसअघि २०७५ सालमा १२ औं संस्करणको…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री देउवा आइसोलेसनमा, आज कोरोना परीक्षण गरिँदै

    काठमाण्डौं/प्रधानमन्त्री शेरबहादुर देउवाको आज पीसीआर परीक्षण हुने भएको छ । आइसोलेसनमा रहनुभएका प्रधानमन्त्री देउवाले आज कोरोना भए÷नभएको पुष्टि गर्नका लागि पिसिआर परीक्षण गर्न लाग्नुभएको हो । बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सहभागी केही नेताहरू कोरोना सङ्क्रमित भएपछि प्रधानमन्त्री देउवा…

    Read More
  • मुख्य पृष्ठ

    आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

    काठमाण्डौं/आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा प्रदेश नं. १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रहने छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली…

    Read More
  • अपराध/दुर्घटना

    बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

    बाँके/बाघको आक्रमणबाट बाँकेमा आज एक महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अब्रहवाका ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्ज नजिकैको सामुदायिक वनमा पात टिप्न जानुभएका थारुको बाघको आक्रमणमा परि मृत्यु भएको हो । दुई दिन मात्रै बाघको आक्रमणबाट घाँस काट्न सामुदायिक…

    Read More
  • चितवन सेरोफेरो

    नारायणीमा डल्फिन भेटियो

    चितवन/नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने क्रममा शुक्रबार भेलौजी भन्ने स्थानमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्ष अगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपंक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ । जलपंक्षी गणना गरिरहेका टेक महतोले डल्फिनको फोटो खिच्न…

    Read More
  • मुख्य पृष्ठ

    एसईई खारेज हुने हल्लाको पछि नलाग्न परीक्षा बोर्डको आग्रह

    काठमाण्डौ/एसईई कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि…

    Read More