आत्महत्या दुरुत्साहन अभियोगमा स्याङ्जाबाट एक जना पक्राउ

स्याङ्जा/आत्महत्या दुरुत्साहन कसूरमा संलग्न रहेको अभियोगमा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ लामागेबाट टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर आत्महत्या दुरुत्साहन कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।