| 
  • निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

    काठमाडौँ/निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता…

    Read More
  • मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?

    काठमाडौँ/सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार शारदा…

    Read More
  • जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

    भजनी,(कैलाली)/ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताउनुभएको छ । कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताउनुभयो । “हामी अहिले जनताको माझमा जाँदै गर्दा धेरै ठूलो अपेक्षा…

    Read More
  • अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    वालिङ,स्याङ्जा/यहाँको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो । विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिनुभयो । अर्बकुना…

    Read More
  • प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर छुट : विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुला

    सिरहा/लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो । झण्डै पाँच दशकदेखि अस्पतालको हकभोगमा रहेको उक्त जग्गा रजिस्ट्रेसन हुन नसक्दा भौतिक संरचना विस्तारमा समस्या हुँदै आएको थियो…

    Read More
  • रघुजी पन्तद्धारा उपाध्यक्षमा उम्मेदवारी

    काठमाडौं/नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार उम्मेदवारी दिएको उनले बताए । नेता पन्त केपी शर्मा ओली समूहमा थिए । ओली समूहले उनलाई समेटेर प्यानल बनाएन । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षमा भिड्दैछन् ।

    Read More
  • प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबीसहित आज मुद्दा दायर…

    Read More
  • यू–१९ एसिया कपः बंगलादेशसँग नेपाल सात विकेटले पराजित

    काठमाडौं/एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल बंगलादेशसँग सात विकेटको हारेको हो । युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले प्रस्तुत गरेको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

    Read More
  • पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणहुँदा सेवाग्राहीलाई सहज

    दमौली,तनहुँ/यहाँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यस अवधिमा १० हजार ५३६ राष्ट्रिय परिचयपत्र १० पालिकामा पठाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । अघिल्लो आव २०८१\८२ मा ६४ हजार ६८१ राष्ट्रिय परिचयपत्र पठाइएकामा १३ हजार ५५० वितरण भएका थिए । चालु…

    Read More
  • आगलागीमा परी वृद्धको मृत्यु

    किमाथाङ्का,(सङ्खुवासभा)/चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उहाँको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरी…

    Read More