Breaking News
 | 
  • मुख्य पृष्ठ

    निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

    काठमाडौँ/प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिनुभएको छ । जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उहाँले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिनुभयो । प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायम राख्दै…

    Read More
  • मुख्य पृष्ठ

    वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल

    ढोरपाटन/नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । आज यहाँ आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै देश मुलुक अप्ठ्यारो अवस्थामा रहेको हुँदा यसको निकास निर्वाचनले मात्रै दिने बताउनुभयो । केही दलहरुले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनका मुद्दा उठाए पनि नेकपाले त्यतापट्टि ध्यान नदिएको संयोजक दाहालले बताउनुभयो ।…

    Read More
  • मुख्य समाचार

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    काठमाडौँ/आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ । यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । क्रियसन नेपालको आयोजनामा सम्पन्न उक्त अभियानमा संस्थाका स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता…

    Read More
  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    काठमाडौँ/प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–६ जरङ्ख बस्ने नवलपरासी पूर्व घर भएका २४ वर्षीय गुराँस गुरुङ र काठमाडौँ नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका–२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन् । उनीहरुका साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ८०० ट्याब्लेट…

    Read More
  • विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ/प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौंरीदेउरीली नगरपालिका–९ की…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

    काठमाडौँ/काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई…

    Read More
  • मुख्य पृष्ठ

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    ललितपुर/ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् । ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’…

    Read More
  • खेलकुद

    जित नजिक पुगेको नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

    काठमाडौँ/नेपाल आईसीसी टी- २० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन । १८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल…

    Read More
  • खेलकुद

    देश जोड्दै क्रिकेट

    काठमाडौँ/सन्दर्भ, टि टवेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको तेस्रो पटकको सहभागिता । निश्चय पनि नेपाल र नेपालीका लागि यो सन्दर्भ ठूलो उपलब्धि र महत्वको कुरा हो । भारत र श्रीलंकामा हुने विश्वकपका खेलहरुको प्रारम्भ शनिवार भएको छ । कोलम्बोमा पाकिस्तान र नेदरल्याण्डबीच पहिलो खेलसँगै सुरु भएको यस प्रतियोगिताको दोस्रो दिन अर्थात आइतबार (फेब्रुअरी ८)को खेल भारतको…

    Read More
  • मुख्य पृष्ठ

    झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

    सुरुङ्गा,(झापा)/हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको १४ वर्ष भइसकेको छ तर त्यो अझै पूरा भएको छैन । ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित रु ३४ करोड नौ लाखको लागतमा थालिएको ७२३ मिटर लामो पुलको निर्माण प्रगति भने ५६ प्रतिशत मात्र छ । निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले…

    Read More