भोलिदेखि आधा सिलिण्डर ग्यास मात्रै बिक्री हुने
काठमाडौँ/अनावश्यक ग्यास भण्डारण रोक्न भन्दै नेपाल आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास बेच्ने भएको छ । उपभोक्ताले अनावश्यक रुपमा ग्यास भन्डारण गर्न थालेको भन्दै निगमले अनावश्यक भन्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गर्न लागेको हो ।
निगमले भोलि (शुक्रबार)देखि लागू हुने गरी ७.१ केजी एलपीजी ग्यास बजारमा पठाउन लागेको हो । प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्न यस्तो निर्णय गरेको निगमले जनाएको छ । पछिल्लो समय आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमले जनाएको छ ।

