| 
  • सुशीला कार्की र राष्ट्रपति पौडेलबीच वार्ता हुँदै

    काठमाडौं/जेनजी प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो । बिहीबारको वार्तामा संसद् विघटन नगरी अन्तरिम सरकार बनाउने अथवा गरेर भन्ने विषयमा सहमति जुट्न सकेको थिएन । जेन्जी प्रतिनिधि कार्कीले संसद् विघटन नगरी नयाँ सरकार बन्न नसक्ने…

    Read More
  • संवैधानिक दायरा भित्रबाटै समस्याको समाधान खोज्न राष्ट्रपतिको अपिल

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा संवैधानिक दायरा भित्र रहँदै समस्याको समाधान खोज्न सबै पक्षलाई अपिल गरेका छन्। राष्ट्रपतिबाट आज जारी गरिएको सन्देशमा आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्दै मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति–सुरक्षा कायम गर्न आफू निरन्तर विचार–विमर्शमा रहेको जनाएका छन्। ‘आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न ढिला नगरी छिटो समाधानको बाटो खोज्नुपर्ने आवश्यकता छ,’…

    Read More
  • जेनजी आन्दोलनका नेतृत्वकर्ताको प्रस्टीकरणः संविधान खारेज नगर्ने, संशोधन मात्र

    काठमाडौं/जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले संविधानको खारेजी आफूहरूको माग नभएको बताएका छन् । आफूहरूले संविधान संशोधन मात्र चाहेको उनको भनाइ छ । संविधान खारेज नगर्ने । त्यसमा कति कानूनको कुरा हुँदो रहेछ, नेशनल सेक्युरिटीको कुरा हुँदो रहेछ, त्यसपछि गीत गाउँदै गुरुङले भने, नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले…

    Read More
  • पूर्वराष्ट्रपति भण्डारीको अपिलः मुलुकलाई सही दिशा दिन दलहरुबीच सहकार्य आवश्यक

    काठमाडौँ/काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक संकटको निकास संविधान भित्रैबाट खोज्न आग्रह गरेका छन् । राजनीतिक दल एवं त्यसका नेता, कार्यकर्ता र सदस्यको ठूलो भूमिका रहने उनको भनाइ छ । बिहीबार विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक र क्रान्तिकारी व्यक्तिले अफ्ठेरो राजनीतिक अवस्था उत्पन्न हुँदैमा पलायन हुने, निश्क्रिय हुने र आदर्शप्रति प्रतिकुल हुने टिकाटिप्पणी गर्न…

    Read More
  • संविधानको मर्म अनुसार संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेको आग्रह

    काठमाडौं/नेकपा एमालेले मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ । महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद सुरु गर्न पनि राष्ट्रलाई आग्रह गरेको छ । ‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ,’ एमालेले जारी…

    Read More
  • अहिलेको सङ्क्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई नै फाइदा पु¥याउने भएकाले अहिलेको सङ्क्रमणकालीन अवस्थाको हल संविधानसम्मत तरिकाबाट खोजिनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष दाहालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीको गम्भीर समीक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन…

    Read More
  • नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

    काठमाडौं/अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार…

    Read More
  • रामेछाप कारागारबाट कैदीबन्दी भाग्ने प्रयास, गोली चल्दा १२ जना घाइते

    काठमाडाैँ /रामेछाप जिल्ला कारागारका कैदीबन्दीले सामूहिक रूपमा भाग्ने प्रयास गरेका छन्। बिहीबार बिहान उनीहरूले सामूहिक रूपमा भाग्न खोजेका हुन्।कैदीबन्दी भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ। सेनाले चलाएको गोली लागेर एक दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रातोपाटीलाई जानकारी दिए। उनले कैदीबन्दीले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको…

    Read More
  • आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

    काठमाडौं/त्रिभुवन विश्वविद्यालयले आगामी आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ। आज बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हो। आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५…

    Read More
  • मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं/हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र…

    Read More