Breaking News
 | 
  • चितवन सेरोफेरो

    आज चितवनमा यसबर्षकै सबैभन्दा धेरै गर्मी

    चितवन/आज (शुक्रबार) चितवनमा यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । आजको तापक्रम यसबर्षकै सबैभन्दा धेरै ३८ डिग्री सेल्सियस पुगेको भरतपुर नागरिक उड्यान कार्यालयले जानकारी दिएको छ । चितवनमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । बुधबार चितवनको तापक्रम ३७ डिग्री सेल्सियस रेहेको थियो । चितवनमा अधिकतम ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    गोरुको मासु र खुट्टा लिएर चितवन आउँदै गरेका तीन जना पक्राउ

    चितवन प्रहरीले गोरुको मासु र खुट्टा लिएर चितवन आउँदै गरेका तीनलाई जना पक्राउ गरेको छ । आज बिहीबार दिउँसो ३ः३० बजेको समयमा प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको प्रहरी टोलीले चितवनको नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नम्बरको अटोलाई रोकी चेकजाँच गर्नेक्रममा गोरुको मासु र खुट्टासहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता डिएसपी…

    Read More
  • मुख्य पृष्ठ

    जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईसहित ९ जना नेता पदमुक्त

    वीरगञ्ज/जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ । जसपाको वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव,…

    Read More
  • अपराध/दुर्घटना

    २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेर १ लाख ११ हजार राहत वितरण

    सिन्धुपाल्चोक/बागमती प्रदेश सरकारले २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेर १ लाख ११ हजार रुपैयाँ राहत वितरण गरेको छ । सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री बोकेर हेलिकप्टरबाट उडेका थिए । महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार सो टोलीले…

    Read More
  • पत्रपत्रिका/अन्य

    निर्वाचन आयोगको ५८१ वटा ल्यापटप प्रयोगविहीन

    काठमाडौं/निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन । मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन् । कोर आई थ्री ल्यापटप प्रयोगविहीन बनाइएका हुन् । आयोगले किनेका उपकरण बेकामे अवस्थामा रहेकाले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ। निर्वाचन आयोगमा जथाभावी ल्यापटप,…

    Read More
  • अपराध/दुर्घटना

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    सप्तरी/पोखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा दुई जना बालिकाको मृत्यु भएको छ । नुहाउने क्रममा हिजो पोखरीमा डुबेर १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाको मृत्यु भएको हो । सात/आठ जना बालिकाहरू स्थानीय दीपक चौधरीको पोखरीमा नुहाउने गएको बेला रजनी र सेन्द्री पानीमा डुबेका स्थानीयले बताएका छन् । प्रहरीका अनुसार सेन्द्रीको…

    Read More
  • पत्रपत्रिका/अन्य

    सर्वोच्चको भवन निर्माणमा अनियमितता

    काठमाडौं/सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै गम्भीर प्रश्न उठाइएको छ । हालको सर्वोच्च अदालतको भवनभन्दा पछाडि नेपाली सेनाको क्याबलरी रहेको भागमा भवन बनाउन २०७७ चैत १९ मा कालिका–समानान्तर जेभीसँग करिब ५ अर्ब १९ करोड ८६…

    Read More
  • अर्थ वाणिज्य

    विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

    काठमाडौं/सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो…

    Read More
  • मुख्य पृष्ठ

    महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

    काठमाण्डौं/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ । उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो । “यसअघि हुँदै…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाण्डौं/आज पनि प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । साथै हिजोकै बैठकमा…

    Read More