| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सहिद दिवसमा भलिबल प्रतियोगिता

    चितवन, १६ माघ सहिद दिवसको अवसर पारेर चितवनमा जिल्ला खेलकुद विकास समितिले वृहत जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ । जिल्लाका २० वटा भलिबल समूहहरु सहभागी भएको प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिनुभयो । सहिद दिवसको अवसर पारेर आयोजना गरिएको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर ३…

    Read More
  • बँदेल मारेको आरोपमा एक पक्राउ ।

    चितवन , माघ १६ । पुर्वी चितवनको कालिका नगरपालिका आठ देवीटारबाट बँदेल मारेको आरोपमा मंगलबार एक जना पक्राउ परेका छन् । जिल्ला बन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बँदेलको मासू भाग लगाएर झोलामा लिएर हिँडेको अवस्थामा देवीटारकै ४१ बर्षिय चन्द्रबहादुर मगरलाई पक्रउ गरिएको हो । प्ररम्भिक अनुुसन्धानका क्रममा बँदेल मार्ने क्रममा ८ जना…

    Read More
  • शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआरको काम सुरु

    चितवन, माघ­ १६– चितवनको शक्तिखोरमा निर्माण हुन लागेको देशकै ठूलो औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु भएको छ । काठमाडौंको इको कोड नेपाल प्रा.लि.ले डिपिआरको काम सुरु गरेको हो । माघ ७ गतेबाट सुरु भएको डिपिआर प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाईएको छ । आज (मंमगलबार) स्थानीय जनप्रतिनिधिको उपस्थितिमै डिपिआर प्रक्रियालाई तिव्रता दिईएको छ…

    Read More
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन आजबाट शुरु

    चितवन, माघ,१७ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु भएको छ । महासंघले हिजो (मंगलबार) महाधिवेशन स्थल चितवनको रत्ननगरमा पत्रकार सम्मेलन गरि पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी बारे जानकारी दिएको हो । महाधिवेशनको उपराष्ट्रपति नन्द बहादुर पुनले उदघाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको लागी ७७ वटै जिल्लाबाट प्रतिनिधी प्रर्यबेक्षकहरु महाधिवेशन…

    Read More
  • प्रेसमाथि अंकुश लगाउन सक्ने संघीय कानूनमा सजग हुनुपर्ने

    चितवन, १५ माघ । मुलुक संघीय ढाँचामा जाँदै गर्दा प्रेसमाथि अंकुश लगाउन सक्ने नयाँ ऐन कानूनमा सजग हुन यहाँका पत्रकारहरूले सुझाएका छन् । प्रेश स्वतन्त्रताबिना संघीयता कार्यान्वयन भए जनताका अधिकार कुण्ठित हुने उनीहरुको भनाइ छ । प्रेस सेन्टर नेपालको १४औँ स्थापना दिवसका अवसरमा चितवन जिल्ला शाखाले आज यहाँ आयोजना गरेको प्रादेशिक संरचनामा ‘पत्रकारको भूमिका’ विषयक…

    Read More
  • देशका लागि ज्यान दिएका शहीदको सम्झनामा आज शहीद दिवस मनाइदैं

    काठमाण्डौ,माघ १६ । देशको स्वतन्त्रता र प्रजातन्त्रको स्थापनाका लागि ज्यानको आहुति दिने शहीदहरुको संझनामा देशभर बिविध कार्यक्रम गरी शहीद दिवस मनाइदै छ । शहीद दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीले शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रत्येक बर्षको माघ १६ गतेलाई देशको परिवर्तनमा आफ्नो ज्यान गुमाएका वीर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । विक्रम…

    Read More
  • कार्यकर्ता पोस्न देउवाद्वारा सरकारी ढुकुटी दोहन

         मङ्गलबार, १६ माघ २०७४, सरकारले आर्थिक सहायता शीर्षकमा एक बर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक बर्ष २०७४, ७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च…

    Read More
  • चुडामणि शर्मा्विरुद्ध अकूत सम्पत्तिमा समेत मुद्दा दर्ता

    काठमाडौं .अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्वित सहसचिव चुडामणि शर्मामा विरुद्ध अर्को मुद्दा दायर गरेको छ। आयोगले सोमवार विशेष अदालतमा गौर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै भष्टाचार मुद्दा दायर गरेको हो। शर्मा विरुद्ध ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको भष्टाचार मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले बताए। पाण्डेयले भने…

    Read More
  • चितवनको भरतपुरमा ‘पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’को तयारी सुरु

    चितवन, माघ १५– चितवनमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ को तयारी सुरु भएको छ । चितवन उद्योग संघको आयोजनामा प्रत्येक दुई–दुई वर्षमा हुँदै आईरहेको यस प्रदर्शनी यसवर्ष चैत २३ गतेदेखि २७ गतेसम्म पाँच दिन मात्रै आयोजना हुन लागेको हो । निर्माणधिन चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने प्रदर्शनीलाई वृहत र प्रभावकारी बनाउन तयारी सुरु भई सकेको चितवन…

    Read More
  • ‘चौथो चितवन च्याम्पियनसिप कप–२०७४’ मंगलबार देखी सुरु हुने ।

       चितवन, माघ १५ । भोलि माघ १६ गते चितवन जिल्लास्तरको सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘चौथो चितवन च्याम्पियनसिप कप–२०७४’ सुरु हुने भएको छ । आयोजकले सोमबार यहाँ गरेको पत्रकार सम्मेलन मार्फत मंगलबार भव्य समारोहकाबीच खेलको समुद्घाटन हुने बताइएको छ । दर्शकको चाहना र माग अनुसार उद्घाटन खेलमा प्रवेश निःशुल्क रहेको आयोजकले जानकारी दिएको छ ।…

    Read More