दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकको नयाँ अभियान शुरु

चितवन, १८ चैत । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यसअघि सत्तचालन गर्दै आएको ‘ट्राफिक सचेतना लगाएतका कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ अभियान समेत सञ्चालन गर्ने भएको छ ।

सवारीसाधनमा अवैधरुपमा जडान गरेका फोकस लाइट, कपडाका झल्लार र प्रेसर हर्न हटाउन ट्राफिक प्रहरीले अब नयाँ अभियान सञ्चालन गर्न लागेको हो ।

जथाभावी सवारी साधनमा राखिएका फोकस लाइटले दुर्घटना बढाउने गरेको भन्दै त्यस्ता लाईट हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले जानकारी दिए । गिरीका अनुसार मालवाहक सवारी साधानहरु ट्रक, टिपर, कुखुरा बोक्ने बोलेरो लगायतका सवारीसाधनले विभिन्न रंगका फोकस लाइट जडान गर्दा विपरीत दिसा तर्फबाट गएका सवारी चालक तथा पैदल यात्रुलाई समस्या पर्ने गरेकोति बस्तुहरु हटाउन थालिएको हो । 
यो अभियानले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख गिरीको विश्वास छ । यस्तै प्रेसर हर्न पनि झिकिएको छ । पहिलो चरणमा अवैध फोकस लाइट जडान गर्ने सवारीबाट हटाएर सचेत गराइएको र दोस्रो पल्ट दोहोरिएको पाइए कडा कारबाही गर्ने प्रमुख गिरी बताउँछन् ।