Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    मुस्ताङको प्रदेशसभा (क) मा पनि कांग्रेस नै विजयी

    मुस्ताङ/मुस्ताङ प्रदेशसभा (क) मा कांग्रेस विजयी भएको छ । प्रतिनिधिसभा सदस्यमा खाता खोलेको नेपाली कांग्रेसले प्रदेश सभामा पनि विजयी भएर खाता खोलेको हो । मुस्ताङ (क) मा कांग्रेसका नम्डु गुरुङले एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरेका हुन् । नम्डुले १०४८ मत पाउँदा विष्टले ७४३ मत मात्रै पाए । विष्ट गण्डकी प्रदेश सभाका पूर्व…

    Read More
  • मुख्य पृष्ठ

    गोरखाका २० मतदान केन्द्रमा पुनः मतदान गराउन माग

    गोरखा/प्रतिनिधिसभा र प्रदेशसभाका ११ जना उम्मेदवारले गोरखाका २० मतदान केन्द्रमा पुनः मतदान गराउन माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, नेपाल परिवार दलसहित स्वतन्त्र उम्मेदवारहरुले मतदानको क्रममा धाँधली भएको भन्दै पुनः मतदान गराउन माग गरेका हुन् । सोमबार संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचन क्षेत्र नम्बर १ को…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा मतगणना सुरु हुनै बाँकी

    चितवन/विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो । मतपेटिकाहरू मतगणनास्थलमा आइतबार…

    Read More
  • अपराध/दुर्घटना

    मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना

    बैतडी/मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । बैतडीको पाटन नगरपालिका थुम भन्ने स्थानमा आज बिहान जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    Read More
  • मुख्य पृष्ठ

    देशैभर मतदान सुरु

    काठमाडौं/प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, प्रदेश सभाका…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम सामान्यतः सफा रहने

    काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। अन्यत्र मौसम सामान्यतः सफा…

    Read More
  • मुख्य पृष्ठ

    आज प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

    काठमाण्डौं/नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता,…

    Read More
  • चितवन सेरोफेरो

    चितवन क्षेत्र नं.२ अन्तरगत पर्ने कृष्णपुर मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध

    चितवन/चितवन क्षेत्र नं.२ अन्तरगत पर्ने भरतपुर–७ को कृष्णपुर मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । त्यस मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेधसर्वदलीय निर्णयपछि यसको विरोध समेत सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै पनि मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गर्न नपाइने भनेको छ । आज साँझ एक सूचना जारी गर्दै कार्यालयले पत्रकारलाई प्रवेश निषेध गर्नु अवैधानिक…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

    काठमाण्डौं/आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा…

    Read More
  • मुख्य पृष्ठ

    प्रेस चौतारीका अध्यक्ष बस्नेतले अफवाह फैलाएको भन्दै कारवाहीको माग

    काठमाण्डौं/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले स्थापित संचारमाध्यमको लोगो राखेर प्रविधिको दुरुपयोग गरि अफवाह फैलाएको भन्दै कारवाहीको माग गरिएको छ । प्रेस सेन्टरले आज एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा नेकपा (एमाले) को प्रचार…

    Read More