Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • बिश्व/बिचित्र

    अस्मिता जुरेलीले अमेरिकी रेस्लर स्ट्रोमलाई गरिन पराजित

    काठमाण्डौं/नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् । भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमलाई पराजित गरेकी हुन् । नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र…

    Read More
  • अपराध/दुर्घटना

    विदेशबाट ल्याएको सुन कटाइदिएको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक प्रहरी जवान पक्राउ

    काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बताएको छ । थप अनुसन्धान भइरहेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

    काठमाण्डौं/राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ । जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले बताउनुभयो । लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेस लुम्बिनीमा पौडेल समूहका उम्मेदवारको अग्रता

    बुटवल/नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २०० मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । खुल्लातर्फ २०० र…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि चितवन राष्ट्रिय निकुञ्जको सौराहाबाट बाघ गणना सुरु

    चितवन/आजदेखि चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट बाघ गणना सुरु हुँदैछ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गणनाका…

    Read More
  • मुख्य पृष्ठ

    पराजित भए पनि यति धेरै मत पाउँदा खुसी छु : रेखा थापा

    काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले चार बर्ष अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी ब्यक्त गरेकी हुन् । ‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ,’ थापाले भनिन्, ‘म…

    Read More
  • मुख्य पृष्ठ

    कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना, अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली

    काठमाण्डौ/आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ । यी दुई प्रदेश बाहेक अन्य क्षेत्रमा भने आज मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । काठमाण्डौसहित आसपासका क्षेत्रमा…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, ११४६ मत खस्यो

    पोखरा/नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशन अन्तर्गत मतदान सकिएको छ । आज शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु

    चितवन/नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास समेत जारी छ।  महाधिवेसन आज र भोली दुई दिन सम्म चल्नेछ। 

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि चितवनमा ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

    चितवन/रासस/चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । यातायात कार्यालयमा भीडभाड नहोस्…

    Read More